शनिबार , अषोज ३, २०८३

‘चरौँदी कृषि तथा पर्यटन मेला–२०८०’ भोलिदेखि सुरु हुँदै

मेला वैशाख २४ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

image

काठमाडौं । धादिङको बेनीघाट रोराङ–७ स्थित चरौँदी बजारमा भोलि (वैशाख १४ गते)देखि ‘दोस्रो चरौँदी कृषि तथा पर्यटन मेला–२०८०’ सुरु हुने भएको छ ।

जिल्ला होटल सङ्घ धादिङको आयोजना तथा चरौँदी समाज सुधार युवा क्लबको सह–आयोजनामा मेला हुन लागेको हो । मेला वैशाख २४ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

मेलामा स्थानीय समुदायको संस्कार र संस्कृति झल्किने विभिन्न सांस्कृतिक झाँकीसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

स्थानीय कृषिजन्य तथा घरेलु उत्पादनहरू मेलामा बिक्री तथा प्रदर्शन गरिने छ । मेलामा विभिन्न मनोरञ्जनात्मक खेलहरू हुनेछन् । बालबालिकाहरूका लागि विभिन्न पिङ, मोटर रेसिङ लगायतका खेल सामाग्रीहरू पनि हुनेछन् ।

बागमती प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री युवराज दुलाल (शरद)ले मेलाको उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी चरौँदी शाखाबाट वैशाख १६ गते वृहत् रक्तदान कार्यक्रम पनि हुने भएको छ ।

मेलामा सहभागी भई स्थानीय कृषिजन्य उत्पादन, कला, संस्कृतिको अवलोकनका साथै मनोरञ्जन प्राप्त गरी आन्तरिक पर्यटनको प्रवर्द्धनमा सहयोग गर्न आयोजकले अपिल गरेको छ ।

सम्बन्धित समाचार