मंगलबार , भाद्र ९, २०८३

सगरमाथा हिमपहिरोमा परी तीन जना बेपत्ता

image

काठमाडाैं । सगरमाथामा ‘रोप फिक्सिङ’ गर्न गएका तीन जना शेर्पा हिमपहिरोमा बेपत्ता भएका छन् । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो बनाउन ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) क्रममा गएका तीन जना बुधवार बिहान ९ः३० बजे आएको हिमपहिरोमा परेर बेपत्ता भएका हुन् ।

पर्यटन विभागका अनुसार बुधवार बिहान हिमपहिरोमा डा. छिरी शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा बेपत्ता भएका हुन् ।

उनीहरू क्याम्प एकभन्दा तल पाँच हजार सात सय मिटरको उचाइस्थित खुम्बु आइसफलमा आएको हिमपहिरोमा परी बेपत्ता भएका हुन् ।

क्याम्प १ तर्फ जानेक्रममा एक्कासी हिमपहिरो आएपछि तीनै जना शेर्पा करिब ५० मिटर तल बगेर पुरिएका थिए । सगरमाथाको माथिल्लो भागमा रोप फिक्सिङको जिम्मा पाएको इमाजिन ट्रेक नेपाल प्रा.लिबाट गएका उनीहरू हिम पहिरोमा परेका हुन् ।

बेपत्ताको खोजी र उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको पर्यटन विभागले जनाएको छ ।

सम्बन्धित समाचार