बुधबार , साउन २०, २०८३

महिलाहरूलाई निःशुल्क ट्रेकिङ गाइड तालिमको अवसर 

तालिम पश्चात् नेपाल सरकारले ट्रेकिङ गाइडको लाइसेन्स दिने छ ।

image

काठमाडौं । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले महिलाहरूलाई निःशुल्क ट्रेकिङ गाइड तालिम दिने भएको छ ।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन बोर्ड अन्तर्गत रहेको परियोजनाले ट्रेकिङ क्षेत्रमा दक्ष महिला जनशक्ति उत्पादन गर्ने उद्देश्यले ३५ दिने तालिमकाे आयोजना गरेको हो ।

तालिम यही मङ्सिर २५ गतेबाट सुरु हुनेछ । यस तालिममा जम्मा ५० जनालाई तालिम दिइने परियोजनाले जनाएको छ ।

तालिम लिन इच्छुक र योग्यता पुगेका महिलाहरूले यही मङ्सिर २१ गतेभित्र फारम भर्नुपर्ने छ । तालिमका लागि अन्तर्वार्ताबाट छनोट गर्ने छ । अन्तर्वार्ता मङ्सिर २३ गते हुनेछ ।

तालिम पश्चात् नेपाल सरकारले ट्रेकिङ गाइडको लाइसेन्स दिने छ ।

तालिमसम्बन्धि जानकारी:

 

सम्बन्धित समाचार