बिहिबार , फागुण १७, २०८०

ढुङ्गे धारा र पाटी होइन, ‘ल्वहँ हिति र फल्चा’ भनौँ

नेवार संस्कृतिसँगै विकास भएको ल्वहँ हिति र फल्चालाई आधुनिकीकरण अनुसार ढुङ्गे धारा र पाटी भन्ने चलन चल्यो । नेपाल भाषाको यो शब्दलाई नेपाली भाषामा सिधा परिवर्तन त गरियो तर, यसको शाब्दिक अर्थलाई भने ख्याल गरिएन ।

image

  • जीआर रञ्‍जित

नेवार संस्कृतिसँगै विकास भएको ल्वहँ हिति र फल्चालाई आधुनिकीकरण अनुसार ढुङ्गे धारा र पाटी भन्ने चलन चल्यो । नेपाल भाषाको यो शब्दलाई नेपाली भाषामा सिधा परिवर्तन त गरियो तर, यसको शाब्दिक अर्थलाई भने ख्याल गरिएन ।

ल्वहँ भन्नाले ढुङ्गा हो भने हितिको अर्थ धारा हो । यसरी सिधा अर्थमा ल्वहँ हितिलाई ढुङ्गेधारा भन्ने प्रचलन आएको हो । तर वास्तवमा ल्वहँ हितिको अर्थ के हो भन्दा- ल्वहँ भन्नाले ढुङ्गा नै हो भने हिति चाहिँ दुई शब्द मिलेर बनेको छ । १. हि २. ति । “हि” भन्नाले रगत हो भने “ती” भन्नाले तरल पदार्थ हो । यसरी रगत जस्तो अमूल्य तरल पदार्थ बग्ने भएकोले यसलाई हिति भनिएको हो ।

त्यस्तै, फल्चालाई आजकल ‘पाटी’ भन्ने प्रचलन पनि यहाँ रहेको छ । तर वास्तवमा फल्चाको शाब्दिक अर्थ पनि रहेको छ । “फ” भन्नाले घर अगाडिको पेटी (आँगन होइन) हो । “चा” भन्नाले चान्हे (रातको समय) भन्ने हो । चान्हे बस्न मिल्ने फ लाई फल्चा भन्ने गरिन्छ । अर्थात् रात काट्न मिल्ने पेटीलाई फल्चा भनिन्छ ।

घर अगाडिको पेटीमा रात काटिँदैन । त्यहाँ दिनमा एक छिन बस्न मात्र मिल्छ । रातको समय बसियो भने त्यसको अर्थ बेग्लै हुन जान्छ ।

तसर्थ, रात काट्न बनाइएको पेटीलाई फल्चा भनिन्छ । तसर्थ हितिलाई हिति नै भन्ने गरौँ र फल्चालाई फल्चा नै भन्ने गरौँ ।

सम्बन्धित समाचार