बुधबार , जेठ १३, २०८३

“हिमालयन ह्वाइट-वाटर च्यालेन्ज २०२२” नाेभेम्बर २७ देखि सुरु हुँदै

नेपाल एसोसिएशन् अफ राफ्टिङ एजेन्सीज् (नारा)ले सन् २००२ देखि हरेक वर्ष आयोजना गर्दै आएको हिमालयन ह्वाइटवाटर च्यालेन्ज यस वर्ष त्रिशुली नदीमा हुने भएको छ ।

image

काठमाडौं । यस वर्षको “हिमालयन ह्रवाइट-वाटर च्यालेन्ज २०२२” नोभेम्बर २७ देखि २९ सम्म हुने भएको छ । नेपाल एसोसिएशन् अफ राफ्टिङ एजेन्सीज् (नारा)ले सन् २००२ देखि हरेक वर्ष आयोजना गर्दै आएको हिमालयन ह्वाइटवाटर च्यालेन्ज यस वर्ष त्रिशुली नदीमा हुने भएको छ । यस वर्ष २० औँ प्रतियाेगिता हुन लागेकाे हाे ।

(नारा)ले सहासिक जल पर्यटनको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ प्रत्येक वर्ष प्रतियोगित आयोजना गर्दै आएको छ । आमागी मंसिर ११ देखि १३ (नोभेम्बर २७ देखि २९) मा प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नाराका अध्यक्ष शिव अधिकारीले हिमाल दर्पणलाई जानकारी दिए । प्रतियोगितामा नेपाली तथा विदेशी नागरिकहरूले सहभागिता जनाउने अध्यक्ष अधिकारीले बताए ।

प्रतियोगिता त्रिशूली नदीको फिस्लिङबाट सुरु हुने छ । प्रतियोगितामा डाउन रिभर रेस, कायाक स्याललम, कायाक फ्रि स्टाइल, बोटर क्रस गरीा मुख्य ४ इन्भेट हुनेछन । रेक इभेन्टमा प्रथम हुनेलाई ३०००० (तीस हजार रुपैयाँ), द्वितीय हुनेलाई २०००० (बीस हजार रुपैयाँ) र तृतीय हुनेलाई १०००० (दश हजार रुपैयाँ) बराबरको जलयात्रा सामग्री र प्रमाणपत्र तथा ट्रफि प्रदान गरिनेछ । कार्यक्रममा स्वदेशी तथा विदेशी देशका प्रतियोगीहरू समेत ३०० जना तथा आमन्त्रित पाहुनाहरू र अन्य सहभागी २०० जना गरी करीब ५०० जना सहभागी हुने जनाइएको छ । कार्यक्रमा २० भन्दा बढी देशका प्रतियोगीहरूको उपस्थिति हुने छ ।

यातायातको सहजता, भौगौलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष त्रिशूलीमा यस्तो प्रतियोगिता गर्न लागिएको अध्यक्ष अधिकारीले बताए ।

सन् २००२ बाट कायक र र्याफ्टिङ प्रतियोगिता गराउँदै आएको नाराले पछिल्लो समय विदेशी खेलाडीलाई समेत आमन्त्रणा गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

हिमालयन ह्वाइट वाटर च्यालेन्ज प्रतियोगिताले नेपालको जल पर्यटनको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने र पुर्याउँदै आएको पनि अधिकारीले बताए । र्याफ्टिङ एवम् कायकिङको लागि विश्वका प्रमुख १० नदीमध्ये नेपालका तीनवटा नदी सुनकोशी पहिलो स्थानमा, कर्णाली पाँचौँ स्थानमा र भोटेकोशी सातौँ स्थानमा पर्ने नाराका अध्यक्ष अधिकारीले जानकारी दिए ।

नेपालमा जल पर्यटनको अथाह सम्भावना भए पनि सरकारले यसतर्फ चासो नदिँदा पछाडि परेको अध्यक्ष अधिकारीको गुनासो छ ।

भिडियो

https://www.facebook.com/himaldarpan.english/videos/547894137168630

सम्बन्धित समाचार