बुधबार , कार्तिक १२, २०८३

कफीको इतिहास : बाख्राले पत्ता लगाएको पेय, जसलाई मान्छेले खुब रुचायाे

कफी भान्सामा मात्र सीमित रहेन, पूर्वी शहरका सार्वजनिक कफी हाउसहरू (जसलाई ‘काहवेह खनेह’ भनिन्छ) मा देखा पर्न थाल्यो । यतिबेलासम्म कफीले वर्ग निर्धारण, वर्ग विभेद, असमानता जस्ता सामाजिक गतिविधिलाई अस्तित्व ल्याइसकेको थिएन । तर, यो स्थिति धेरै समय रहेन ।

image

नेपालका साना–ठूला सबै शहरहरूमा कफी संस्कृति मौलाइरहेको छ । गाउँले परिवेश दूध, दहि र मोहीबाट हात धुँदो अवस्थामा छ । शहरमा चिया संस्कृति पनि बढ्दो छ । मट्का संस्कृतिले राजधानी लगायतका शहरमा राम्रै फड्को मारिरहेको छ । पारिवारिक पी चिया त हाम्रै घर-आँगनको उत्पादन हो तर कफी कल्चर भने हाम्रो होइन  (चियाचर्चा अरु कुनै बेला )।

आज यहाँ, कफीसँग सम्बन्धित (लगभग मिथक भन्न मिल्ने) पुराना घटनाहरूलाई अगाडि ल्याउने जमर्को गरिनेछ ।

17 (And a Half) Fascinating Coffee Facts | Javataza Coffee

प्रथमतः नेपालतर्फ हेरौँ,

हिरा गिरी भन्ने जोगीलाई तत्कालीन समयमा नेपालमा कफीको बोट भित्र्याएको जस दिने गरिन्छ । बर्मामा जागिर गर्ने क्रममा गिरीले १९९५ सालमा बर्माबाट अरेबिया जातको बोट गुल्मीको आपचौरमा रोपेका थिए । त्यही बोटबाट आज नेपालको ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ । वि.सं. २०२५ सम्म कफीको पात खाने कि फल खाने भन्नेसम्म जानकारी नभएका नेपालीहरू आज व्यावसायिक कफी खेतितर्फ लागेका छन् । यो खुसीको कुरा हो ।

तर, नेपाल कफी उत्पादनतर्फ अगसर हुन् सकिरहेको छैन । भारतमा कफीको उत्पादन वार्षिक तीन लाख टन, भियतनामले नौ लाख टन उत्पादन गर्दा नेपालको हकमा वार्षिक सात सय टन मात्रै कफी उत्पादन भइरहको छ । । नेपालमा अहिले एक लाख टन उत्पादन गरे पनि तुरुन्त निर्यात हुने बताइन्छ ।

अब कफीको प्राचीन इतिहास नियालौँ,

कफीको इतिहास इथोपियाबाट सुरु भएको मानिन्छ । प्राचीन समयको इथियोपियाको पठार क्षेत्रमा चरिरहने एक बाख्रालाई कफी अन्वेषणकर्ता मानिन्छ । अन्वेषणको सम्पूर्ण श्रेय मानिसलाई दिइने/लिइने मानवीय चेतका कारण सो बाख्राका गोठालो ‘काल्दी’लाई कफी अन्वेषणको श्रेय दिइयो । तर, इतिहासमा पहिलोपटक बाख्राले कफी पत्ता लगाएको थियो ।

भएको के रहेछ भने, इथोपियाको जंगलमा एक बाख्राले सधै एक प्रकारको पात र फल खाएर दिनदिनै मोटाउँदै गएको र फुर्तिलो बन्दै गएको फेला पर्‍यो । सो बाख्रा रातिको समय निदाउन समेत छाड्न थाल्यो । अरू किसानको बाख्रा दुब्लाए पनि त्यो पात र दाना खाने बाख्रा हृष्टपुष्ट हुनुको रहस्य किसानले खोतल्न थाले ।

किसानले खोतलेको रहस्य रहस्य रहिरहन सकेन ।  स्थानीय मठाधीशहरूले साँझको प्रार्थनालाई अझ लामो र आफूलाई एकाग्र बनाउन सो बिरुवालाई आफ्नो पेय पदार्थमा मिलाउन थाले । ऊर्जावान बिरुवाको नाममा विस्तारै यसको चर्चा/परिचर्चा बढ्दै गयो ।

जसरी शब्द (लिपी)हरूको बसाईसराइदर पूर्वतर्फ ज्यादा भएको इतिहास छ, उसैगरी कफीको हकमा पनि इथोपियाको ऊर्जावान बिरुवा अरेबियन पेनिसुलिया (अरब प्रायद्वीप)तर्फ फटाफट बसाइँ सर्न थाल्यो । यो सुरुवाती यात्रा थियो, जहाँदेखि ऊर्जावान बिरुवा उर्फ बिन्स (कफी)सम्मको यात्रा तय हुनेछ ।

अरब प्रायद्वीपः

अरब प्रायद्वीपमा पुगेपश्चात कफी खेती र व्यापार सुरु भयो । १५ औं शताब्दीसम्म, कफी अरबको येमेनी जिल्लामा उब्जाउने गरिन्थ्यो । तर १६औं शताब्दीको सुरुवातसँगै फारस, इजिप्ट, सिरिया र टर्कीमा कफीले आफ्नो पहिचान बनाउन सक्यो ।

कफी भान्सामा मात्र सीमित रहेन, पूर्वी शहरका सार्वजनिक कफी हाउसहरू (जसलाई ‘काहवेह खनेह’ भनिन्छ) मा देखा पर्न थाल्यो । यतिबेलासम्म कफीले वर्ग निर्धारण, वर्ग विभेद, असमानता जस्ता सामाजिक गतिविधिलाई अस्तित्व ल्याइसकेको थिएन । तर, यो स्थिति धेरै समय रहेन ।

कफी संरक्षकहरूले कफी पिउने काम मात्रै गरेनन् । कफीका बारे बातचित सुरु गरे । बातचितमा मात्रै पनि उनीहरू संलग्न भएनन्, कफी पिउँदै संगीत सुन्ने, चेस खेल्ने र समाचार पढ्ने जस्ता कार्यहरू अघि सारे । यसपश्चात कलाप्रेमी, साहित्यप्रेमी एवं समाजका मनोसामाजिक घटनाहरूमा रुचि राख्ने व्यक्तिहरूले कफीको बारेमा जानकारीहरू आदान-प्रदान गर्न थाले । क्रमशः कफी ‘बुद्धिमानीहरूको खान्की या बुद्धिमानहरूको स्कुल’को रुपमा दरिन आइपुग्यो ।

Coffee and qahwa: How a drink for Arab mystics went global - BBC News

अझ, मक्का-मदिना हज गर्न आउने हजारौँ तीर्थयात्रीहरूले ‘अरबको वाइन’ नामले कफीको चर्चा-परिचर्चा गरेर विश्वका कुनाकाप्चीमा  कफीलाई पुर्याउन सघाए । यसप्रकार कफीले विश्वमा आफ्नो उपस्थिति देखाउन पुग्यो ।

कफीको युरोप प्रवेशः

अर्ब नजिकैका पूर्वी युरोपेली यात्रीहरू एक असामान्य गाढा कालो पेयको कथाहरू आफ्नो घर-गाउँसम्म पुर्याए । १७औं शताब्दीसम्ममा कफी यूरोपको लागि लगभग नौलो विषय थियो तर  विस्तारै कफीको लोकप्रियता युरोपमा बढ्दै गयो । हाल युरोपमा कफीले अत्यावश्यक पेय पदार्थको रुपमा आफूलाई उभ्याईसकेको छ ।

युरोपका केही मानिसहरूले नयाँ पेय पदार्थप्रति शंका एवं डर पनि व्यक्त गरे । ती मानिसहरूले यस नयाँ पेय पदार्थलाई  ‘शैतानको कटु आविष्कार’ (bitter invention of Satan) नाम दिएका थिए । सतान (शैतान) लाई लुसिफर भन्ने गरिन्छ । लुसिफर नामको एक वेभ सिरिज नेटफ्लिक्समा उपलब्ध छ ।

coffee | Origin, Types, Uses, History, & Facts | Britannica

English coffeehouse during the Restoration, painting from 1668. Some of the most famous coffeehouses of Europe flourished in London as ready points for news, discussion, and political and financial society. © Lordprice Collection/Alamy

यस घटनापश्चात कफी विवाद निम्तियो । इस्वीको १६१५ मा नै कफी भेनिस पुगेको थियो । कफी आफूकहाँ आएपछि स्थानीय पादरीहरूले कफीको निन्दा गरेका थिए। यो विवाद यति ठूलो थियो कि पोप क्लेमेन्ट आठौंलाई हस्तक्षेपकारी निर्णय नै लिनु परेको थियो । तर रमाइलो के भयो भन्दा, उनले निर्णय लिनु भन्दा पहिले कफीको स्वाद लिने चाह व्यक्त गते । जसै कफी पिए, उनी यति सन्तुष्ट भए कि उनले उक्त पेय पर्दाथलाई  ‘पोपल अनुमोदन’ दिए । रोमन क्याथोलिक चर्चमा पपको आदेश सबैभन्दा माथि हुने समय थियो त्यो, थप विवाद निम्तिने कुरै थिएन । कफीले यसप्रकार पोपल अनुमोदन लिएर युरोपको गल्लीगल्ली डुल्न थाल्यो ।

यस्ता विवादहरू निम्तिरहे तर कफीको जित भइरह्यो । इंग्ल्याण्ड, अष्ट्रिया, फ्रान्स, जर्मनी, हल्याण्ड जस्ता देशका ठूला शहरहरू कफी प्रचारप्रसार केन्द्र बनिरहेका थिए । यो काम दिनानुदिन बढ्दो थियो । यो सिलसिला यतिमै रोकिनेवाला थिएन । कफीको हस्तक्षपले अन्य पेय पदार्थमा किनारमा पर्न थाले । बियर र वाइन जस्ता पेयहरूलाई कफीले प्रतिस्थापन गरिदियो।

रक्सीको सट्टा कफी पिउने सुझावहरू आउन थाले । स्वास्थ्य गुणवत्ताको हिसाबले पनि कफी रक्सीभन्दा धेरै ठीक थियो । यसप्रकार नामुद जड्याहहरू पनि नामुद कफी पियक्कड बन्दै गए ।

१७औं शताब्दीको मध्यसम्म आइपुग्दा, लन्डनमा ३०० भन्दा बढी कफी घरहरू निर्माण भइसकेका थिए । कफी घरहरूमा प्रायजसो, पानीजहाज व्यापारी, दलाल एवं कलाकारहरूको आगमन बढ्न थाल्यो । यस अलवा मध्यमवर्गीय तर समान विचारधाराका संरक्षकहरूलाई पनि कफीले आकर्षित गर्न सक्यो ।

धेरै व्यवसायीहरू कफीघरतर्फ आकर्षित भए । ल्योल्ड ओफ लन्डन  (Lloyd’s of London) सोही समयमा स्थापित भएको कफी घर हो । पछि यसले अन्य व्यापारमा आफ्नो हात बढायो ।

Caffeine, the Middle East and why Coffee Can Make You Live Longer


नयाँ विश्वमा कफीः 

प्रथमतः कफीको अमेरिका प्रवेशबारे पनि चर्चा गरौँ,

१६ औँ शताब्दीको मध्यताका कफी दक्षिण अमेरिकाको गुयानास्थित न्यू एम्सतडम शहर पुगेको इतिहास भेटिन्छ । पछि ब्रिटीसहरूद्वारा न्यूयोर्क पुर्याइयो ।

इस्वीको १७७३ आइपुग्दासम्म उपनिवेशकारी देशहरू एवं शासकहरूको मनपसन्द पेयको रुपमा कफी स्थापित भइसकेको थियो । उपनिवेशकारी राजामध्येकै एक किङ जर्जले चियामा भारी कर लगाए, जसलाई बोस्टन चिया विद्रोह भनिन्छ । यसपश्चात अमेरिकामा कफीले आफ्नो उपस्थिति देखाएको पाइन्छ । यसैताका ‘कफी सभ्य संसारको प्रिय पेय’ हो भनेर थोमस जेफरसनले प्रचार नै गरे ।

The dictatorship of coffee - Inside Story

 

कफी खेतीको विस्तारः

यसपश्चात संसारभर कफी वृक्षारोपणको होडबाजी चल्यो । बाहिरी देशहरूले कफी खेती प्रतिष्पर्धामा आफूलाई सरिक गराए । डचहरूले १८ औँ शताब्दीको उत्तरार्धमा कफीको बिरुवा पाए । उनीहरूले भारतमा कफीको विरुवा लगाउने असफल प्रयास गरे तर प्रयास जारि राखे र अन्ततः उनीहरू बटाभिया, जाभा टापु (इन्डोनेसिया) मा सफल भए ।

बिरुवाहरू फस्टायो र चाँडै नै कफी उत्पादन र बढ्दो व्यापारका लागि डचको नाम अगाडि आयो । डचहरूले क्रमशः सुमात्रा र सेलेब्सको टापुहरूमा कफी रूखहरूको खेती विस्तार गर्दै गए । डचलाई अरू देशहरूले पछ्याउँदै गए ।

मिशनरी, यात्री, व्यापारी एवं उपनिवेशवादीहरूले कफीको बीउहरू नयाँ-नयाँ भूमिहरूमा लैजान जारी राखे । यसप्रकार कफीको बिरुवाहरू दुनियाभर रोपिन थालियो । ११८औँ शताब्दीको अन्त्यसम्म, कफी विश्वको सबैभन्दा लाभदायक निर्यात बाली मध्ये एक भएको थियो । कच्चा तेलपछि, कफी संसारमा सबैभन्दा माग गरिएको कमोडिटी हो । (क्रमशः..)

सम्बन्धित समाचार