काठमाडौं । नायिका केकी अधिकारीले आज गुपचुप विवाह गरेकी छन् । पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् । केकीले रोहित तिवारीसँग आज विवाह गरेको खुलेको छ ।
केकीले भोलि विवाहको तस्बिर सार्वजनिक गर्ने योजना बनाएकी छन् । उनी केही समयदेखि तिवारीसँग प्रेममा थिइन् । उनले आफ्नो प्रेमलाई मिडियाबाट भने लुकाउँदै आएकी थिइन् ।
केकी निकट एक नायिकाका अनुसार गोप्यरूपमा विवाह गर्ने उनको पहिल्यैदेखिको योजना हो ।‘एकैचोटि विवाहको फोटो बाहिर आयो भने चित्त नदुखाउनु,’ केकीको भनाइ उद्धृत गर्दै ती नायिकाले भनिन् ।