काठमाडाैं । १६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा ठमेल पर्यटन विकास परिषद्को नेतृत्वमा प्रभातफेरी हुने हुने भएको छ ।
पर्यटन मन्त्रालय, पर्यटन विभाग लगायत पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाहरूकाे आयोजनामा सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा यही जेठ १५ गते (मे २९, २०२३) मा १६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको हो ।
प्रभातफेरी बिहान ७ः०० बजे ठमेलस्थित कर्मचारी संचयकोष भवन अगाडीबाट सुरु भएर दरबारमार्ग, घण्टाघर, हुँदै भृकुटीमण्डल्पस्थित नेपाल पर्यटन बोर्डमा पुगेर समापन हुने छ । प्रभातफेरी कार्यक्रमको नेतृत्व ठमेल पर्यटन विकास परिषद्ले गर्ने भएको छ ।
परिषद्का अध्यक्ष भविश्वर शर्माले सम्पूर्ण ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीहरूलाई प्रभाफेरीमा सहभागी हुन अपिल गरेका छन् ।
कार्यक्रम सम्बन्धि थप जानकारी:

