शुक्रबार , मंग्सिर २३, २०७९

अमेरिका–नेपाल सम्बन्धलाई सहयोग पुर्याउन छलफल कार्यक्रम सम्पन्न

image

काठमाडौं ।  नेपालस्थित अमेरिकी दूतावासको आयोजनामा अमेरिका–नेपाल सम्बन्धलाई सहयोग पुर्याउन छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्पसनको अगुवाईमा काठमाडौंको हार्ड रक क्याफेमा कार्यक्रम आयोजना गरिएको हो ।

नेपालमा बसोबास गर्ने अमेरिकी नागरिकहरूका लागि अमेरिकी दूतावासले कसरी सहयोग पुर्याउन सक्छ भन्ने विषयमा छलफल भएको हो ।

कार्यक्रममा नेपाल पर्यटक प्रहरी लगायत विभिन्न व्यक्तित्व तथा संघ-संस्थाहरुलाई कदर स्वरुप कदर पत्र समेत प्रदान गरिएको थियो ।

Tags:

सम्बन्धित समाचार