hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş almanya vize meybet meybet giriş meybet güncel giriş meybet mobil italya vize casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş idata kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş

शुक्रबार , फागुण २२, २०८२

पर्यटन प्रवर्द्धन गर्न मोटरसाइकलमा नेपाललाई एक फन्को, सुनाए यस्ता अनुभव…!

image

नेपालको पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनको असर अध्ययन गर्ने उद्देश्यले पत्रकार र कलाकारको एक टोलीले मोटरसाइकल चढेर नेपाललाई एक फन्को मारेका छन् ।  काठमाडौंबाट यात्रा सुरु गरेको टोलीले २३ दिन लगाएर ४५ भन्दा बढी जिल्लाहरू पार गर्दै करिब चार हजार किलोमिटर यात्रा तय गरेर ऐतिहासिक मोटरसाइकल यात्रा सम्पन्न गरेको हो । पर्यटन प्रवर्द्धनका लागि पत्रकार र कलाकारसहितको टोलीले गरेको पहिलो लामो मोटरसाइकल यात्रा भएको दाबी गरिएको छ ।

जेठ १० गते काठमाडाैंबाट यात्रा सुरु गर्दैगर्दा टिम ।

“मेची-महाकाली यात्रा धेरैले गरेका छन्, तर चीन भारत दुवै देशलाई छुने नेपालका दुई जिल्ला ताप्लेजुङ र दार्चुलालाई फोकस गरेर गरेको यो पहिलो मोटरसाइकल यात्रा हो ।” टूरका संयोजक विष्णु विवेक विश्वकर्माले भने, “यस यात्राले नेपालको पहाडी र हिमाली क्षेत्रमा पनि मोटरसाइकलमै यात्रा गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरेको छ ।”

जेठ १० गते काठमाडौंबाट यात्रा सुरु गरेको टोली जेठ ३२ गते (२३ दिनपछि) काठमाडौं आइपुगेको थियो । काठमाडौंबाट मध्येपहाडी लोकमार्ग हुँदै ताप्लेजुङ पुगेको टोली इलाम, झापा झरेर पूर्वपश्चिम राजमार्ग हुँदै कञ्चनपुरको महेन्द्रनगर, डडेलधुरा, डोटी, बैतडी हुँदै दार्चुला पुगेको थियो । दार्चुलाबाट फर्केर कपिलवस्तु, पाल्पा, स्याङ्जा, कास्की, तनहुँ, धादिङ हुँदै काठमाडौं फर्केका थिए ।

जेठ १४ गते ताप्लेजुङकाे सदरमुकाम फुङ्लिङबाट यात्राकाे औपचारिक उद्घाटन ।

एनटिपी मल्टिमिडिया  ग्रुपकाे संयाेजनमा भएकाे टूरलाई नेपाल उद्याेग वाणिज्य महासङ्घ, हाेटल एशाेसिएसन अफ नेपाल (हान), नेपाल एशाेसिएसन अफ टूर्स एण्ड ट्राभल एजेन्टस् (नाट्टा), ट्रेकिङ एजेन्सीज एशाेसिएसन अफ नेपाल (टान), नेपाल टुरिजम बाेर्ड लगायत पर्यटन सम्बद्ध विभिन्न संघसस्था तथा स्थानीय सरकार र पत्रकार, पर्यटन प्रहरी लगायतले साथ दिएका थिए । तर, खर्चकाे व्यवस्थापन भने उनीहरू आफैँले गरेका थिए ।

ताप्लेजुङबाट यात्रा सुरु गर्दै टिम ।

काठमाडौंबाट विष्णु विवेक विश्वकर्मा, पवित्रा खड्का, चन्द्र तामाङ, राजाराम पौडेल (रियाज), चन्द्रकला कार्की, विनेश खनाल, धनकुमार कार्की (डिके) र गोपाल खनाल गरी आठ जनाको टोलीले यात्रा सुरु गरेको थियो । अस्वस्थताका कारण विनेश खनाल खोटाङको हलेसीबाट फर्केका थिए । त्यसैगरी धनकुमार कार्की (डिके) र गोपाल खनाल धनकुटाको पाख्रीबासबाट फर्किएका थिए । बाँकी पाँच जनाको टोली ताप्लेजुङदेखि दार्चुला पुगेर काठमाडाैं फर्केकाे थियो । काठमाडौंबाट यात्रा सुरु गरेको पाँच जना र चितवनबाट जोडिएको एक जना गरी जम्मा ६ जना दार्चुला पुगेका थिए । यात्राका क्रममा टाेलीलाई विभिन्न स्थानमा स्थानीय सरकार, पर्यटन सम्बद्ध संघसंस्था तथा व्यवसायीहरूले सम्मानित गरेका थिए ।

काठमाडाैं फर्केने क्रममा टाेलीलाई स्वागत तथा सम्मान गर्दै धादिङकाे बेनीघाट राेराङ-१ का वडाध्यक्ष जीवन सिं तामाङ, वडा सदस्य बाबुलाल तामाङसहितकाे टाेली । गजुरी-२, विहानी पम्पस्थित आगमन होटलमा टाेलीलाई स्वागत गरिएकाे थियाे ।

माेटरसाइकल चढेर २२ दिनमा नेपाललाई एक फन्काे  लगाउने युवाहरूकाे  यात्रा अनुभव, यात्रा गर्नुकाे कारण र उनीहरूबारे छाेटाे परिचय तल प्रस्तुत गरिएकाे छः

विष्णु विवेक विश्वकर्मा, पत्रकार 

विष्णु विवेक विश्वकर्मा, तस्बिर/चन्द्र तामाङ, स्थानः बन्दीपुर, तनहुँ ।

“नेपाल टुरिजम प्रोमोशन टूरः ताप्लेजुङ टु दार्चुला”को मुख्य योजनाकार विष्णु विवेक विश्वकर्मा विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । रेडियो पत्रकारितामा करिब एक दशक बिताएका उनले आवाजको दुनियाँमा आफ्नो बेग्लै पहिचान बनाएका छन् ।

कर्णाली प्रदेश, सुर्खेतको चौगुने गाउँपालिका–९ मा जन्मिएका विवेक तीसाैँ वसन्तमा कुद्दैछन् । राजनीति, समाज, शिक्षा, साहित्य लगायत विधामा लेख्दै/बोल्दै आएका विवेक पछिल्लो दुई वर्षदेखि पर्यटन पत्रकारितामा सक्रिय छन् । पर्यटन क्षेत्रमा पत्रकारिताका साथै अभियन्ताका रूपमा सक्रिय छन्, विवेक ।

विवेकको संयोजकत्वमा नेपालमै पहिलो पटक पर्यटनका विविध आयाम र नीतिगत तहमा छलफल गर्ने उद्देश्यले गत वैशाख १ र २ गते काठमाडौंको वसन्तपुरमा नेपाल टुरिजम फेस्टिभल सम्पन्न भएको थियो । हालै सम्पन्न टूरको संयोजन पनि विवेकले नै गरेका हुन् ।

त्यसो त उनले नेपाल सरकार, पर्यटन विभाग, नेपाल पर्यटन बोर्डसहित पर्यटन सम्बद्ध सङ्घ संस्थाद्वारा आयोजना गरिने कार्यक्रमहरूमा मिडिया संयोजकको भूमिका पनि निभाउने गरेका छन् । पछिल्लो समय नेपाल पर्यटन बोर्ड र नाट्टाको सहकार्यमा लुम्बिनीमा सम्पन्न बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट–२०२३ मा मिडिया संयोजकको रूपमा काम गरेका थिए ।

विवेकले सुर्खेतबाट नै पर्यटन प्रवर्द्धनको अभियान थालेका थिए । यसअघि उनले काठमाडौंदेखि मुगुको रारासम्म बाइक टूर गरेका थिए । पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय गन्तव्यमा बसेर नै छलफल चलाउनुपर्छ भन्ने उनको मान्यता छ ।

चौगुने–९, घाटगाउँमा रहेको सरस्वती माविबाट एसएलसी, जनमावि सुर्खेतबाट साइन्समा प्लस टु गरेका उनले काठमाडौं आएर अस्कल क्याम्पसमा विएससी अध्ययन गरेका हुन् । विवेकले रत्नराज्यलक्ष्मी क्याम्पसबाट आमसञ्चार तथा पत्रकारितामा स्नातक गरेका छन् ।

उनले सुर्खेतमा जागरण एफएम र बुलबुले एफएम, काठमाडौंमा नवज्योती एफएम, क्यापिटल एफएम, अन्नपूर्ण एफएम र उज्यालो रेडियोमा फ्रन्ट लाइनमा बसेर काम गरेका छन् । अहिले उनी न्यूजरुमबाट बाहिर निस्केर अभियन्ताको रूपमा बढी सक्रिय छन् । यद्यपि, फ्रिल्यान्सरकाे रूपमा विभिन्न माध्यममा लेख्दै र बोल्दै आएका छन् ।

ताप्लेजुङ-दार्चुला बाइक टूरमा विष्णु विवेककाे अनुभव उनकै शब्दमाः

विष्णु विवेक, तस्बिर/चन्द्र तामाङ, स्थानः मायादेवी मन्दिर, लुम्बिनी ।

हालै (जेठ १०–३२, २०८०) सम्पन्न “नेपाल टुरिजम प्रोमोशन टूरः ताप्लेजुङ टू दार्चुला” साँच्चै एक ऐतिहासिक यात्रा रह्यो । हामीले ४५ भन्दा बढी जिल्लाहरू पार गर्दै २२ दिनमा करिब चार हजार किलोमिटर मोटरसाइकलमा यात्रा गर्‍यौँ । काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै सुदूरपूर्वको ताप्लेजुङ पुग्यौँ । त्यसपछि इलाम झापा झरेर पूर्वपश्चिम राजमार्ग हुँदै कञ्चनपुरको महेन्द्रनगर पुग्यौँ । कैलालीको अत्तरियाबाट डडेलधुरा, डोटी, बैतडी हुँदै सुदूरपश्चिमको दार्चुला पुग्यौँ । दार्चुलाबाट सोही मार्ग हुँदै फर्कियौँ । कपिलवस्तुबाट पाल्पा, स्याङ्जा, कास्की, तनहुँ, धादिङ हुँदै काठमाडौं आइपुग्यौँ । यसरी नेपाललाई एक फन्को मार्दा नेपालको पर्यटनबारे वस्तुगत जानकारी प्राप्त भयो । विभिन्न स्थानमा स्थानीय समुदाय, जनप्रतिनिधि एवम् पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधिहरूसँग पर्यटन, दिगो पर्यटन, पर्यटनमा जलवायु परिवर्तनको असर लगायत विषयमा छलफल भयो । मलाई लाग्छ, यस यात्राले नेपालको पर्यटनमा दीर्घकालीन महत्त्व राख्ने छ ।

यात्रा अत्यन्तै रोमाञ्चक रह्यो । तर, यसो भन्दैमा यात्राका क्रममा स्वयम म र साथीहरूले पाएको दुःख कष्ट, अप्ठ्याराहरूलाई कुल्चिन खोजेको चाहिँ होइन । यात्रा रमाइलो पनि थियो, कठिन पनि थियो । तैपनि हामीले निकै सहज ढङ्गले सम्पन्न गर्‍यौँ । हामी सकुशल घर फर्किन सक्यौँ । यस अर्थमा खुशी छु । यात्रा ऐतिहासिक बनेकोमा झन् खुशी छु ।

यसकारण घुम्छु मः

म अध्ययन र रिफ्रेसमेन्टको लागि यात्रा गर्छु । पत्रकारिता गर्दा होस् या कार्यक्रम तथा योजना बनाउँदा, फिल्डमै पुगेर अध्ययन गर्नुपर्छ भन्ने मेरो मान्यता छ । अहिले पर्यटन पत्रकारिता र पर्यटन अभियन्ताको रूपमा काम गरिरहँदा म निरन्तर यात्रा गरिरहेको छु । कुन ठाउँ/समुदायमा कस्ता खालका कार्यक्रम तथा योजना आवश्यक छ भन्ने थाहा पाउन र सो को अध्ययन गर्न सम्बन्धित ठाउँमा नै पुग्नुपर्दछ । कार्यक्रम बनाइसकेपछि तिनको कार्यान्वयनको स्थिति र प्रभावको अध्ययन गर्न पुनः सोही ठाउँमा पुग्नुपर्दछ । कार्यक्रमको उद्देश्य बोकेर यात्रा गरिरहेको हुन्छु । तर, यात्राले उद्देश्यको प्राप्ति बाहेक धेरै कुराहरू सिकाइरहेको हुन्छ । म यात्रा गर्न रुचाउँछु र रमाउँछु, यसले मलाई म हुनुको अनुभूत गराउँछ ।

पवित्रा खड्का, कलाकार 

पवित्रा खड्का, तस्बिर/चन्द्र तामाङ, स्थानः बन्दीपुर, तनहुँ ।

ऐतिहासिक मोटरसाइकल यात्रामा सहभागी एक मात्र कलाकार हुन्, पवित्रा खड्का । उनी थिएटर आर्टिस्ट (रङ्गकर्मी) हुन् । विगत डेढ दशकदेखि रङ्गकर्ममा समर्पित हुँदै आएकी पवित्रा प्रारम्भिक समयदेखि नै शिल्पी थिएटरमा आबद्ध छिन् । अथवा भनौँ, रङ्गकर्मीको रूपमा शिल्पी थिएटरमा नै फक्रिएकी हुन्, पवित्रा खड्का ।

कुमार नगरकोटीको लेखन र घिमिरे युवराजको निर्देशन रहेको “कोमा अ पोलिटिकल सेक्स” नामक नाटकबाट रङ्गमञ्चमा होमिएकी पवित्राले हालसम्म डेढ दर्जन बढी नाटकमा अभिनय गरिसकेकी छन् । खुला रङ्गमञ्चमा थुप्रै नाटकमा अभिनय गरिसकेकी छन् । पवित्रा भन्छिन्, “बन्द रङ्गमञ्चमा १५–२० वटा नाटकमा अभिनय गरेकी छु । खुल्ला रङ्गमञ्चमा अभिनय गरेको नाटक गन्न अलि समय नै लाग्छ होला !”

पवित्रा अभिनयको अलावा नाटक निर्देशन पनि गर्छिन् । सरुभक्तको लेखन रहेको नाटक “भृकुटी” उनको पहिलो निर्देशन थियो । उनले खुल्ला ठाउँमा मञ्चन हुने नाटक र स्टेज नाटक पनि निर्देशन गरेकी छन् । तर, आफ्नो रुचि अभिनयमा नै रहेको पवित्रा बताउँछिन् ।

पवित्रा खड्का, तस्बिर/चन्द्र तामाङ, स्थानः बन्दीपुर, तनहुँ ।

पवित्राले भारत र बङ्गलादेशसहित नेपालको ७० भन्दा बढी जिल्लाहरू घुमिसकेकी छन् । पछिल्लो बाइक टूरमा उनको लागि नयाँ जिल्ला दार्चुला मात्रै थियो । बाँकी जिल्लाहरूमा उनी पहिला नै पुगेकी थिइन् ।

पवित्राले नयाँ बानेश्वस्थित केएनके कलेजबाट जेन्डर स्टडीजमा स्नातकोत्तर तह अध्ययन गर्दैछिन् । उनले पद्मकन्या कलेजबाट लोकनृत्यमा स्नातक गरेकी छन् ।

रङ्गकर्मसँगै लेखन र चलचित्र निर्माणमा पनि रुचि राख्छिन् पवित्रा । उनका लेखहरू विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित भएका छन् । पवित्राले नाटक र अभिनयलाई चाहिने कार्यशाला पनि सञ्चालन गर्दै आएकी छन् । रङ्गमञ्चमा उनको अनवरत यात्रा जारी छ । अवसर आए चलचित्रमा पनि अभिनय गर्ने उनको इच्छा छ । उनी भन्छिन्, “अहिलेसम्म नाटकमा निरन्तर छु । फिल्मतिर पनि कसैले पत्याएर चरित्र दिनुभयो भने काम गर्नेछु ।”

यात्रा गर्नु, गीतसङ्गीत सुन्नु, नृत्य गर्नु, खानु र सुत्नु उनको रुचि हो । आफूलाई अलि सौखिन भन्न रुचाउँछिन् पवित्रा । उनी कति सौखिन छिन् भन्ने थाहा पाउन उनीसँग सङ्गत गर्नैपर्छ ।

ताप्लेजुङ-दार्चुला बाइक टूरमा कलाकार पवित्राले जे अनुभव गरिन्, उनकै शब्दमाः

पवित्रा खड्का, तस्बिर/चन्द्र तामाङ, स्थानः गाभर भ्याली, बर्दिया ।

ताप्लेजुङ देखि दार्चुलासम्मको  यात्रा एकदमै अविस्मरणीय रह्यो । एक: यो यात्रामा हामी हाम्रो छिमेकी देश भारत र चीन दुवैले छुने दुई जिल्ला सुदूरपूर्वकाे ताप्लेजुङ र अर्को सुदूरपश्चिमको दार्चुला पुग्याैँ । हाम्रो बुझाई पूर्वपश्चिम भन्ने बित्तिकै मेची महाकाली भन्ने छ, यो यात्राले नयाँ भाष्य बनायो, पूर्व ताप्लेजुङ पश्चिम दार्चुला । अर्को भनेको जलवायु परिवर्तनको असर कस्तो छ भन्ने कुरालाई हामीले हिमाल, पहाड र तराईलाई एकै पटक हेर्न, भोग्न र महसुस गर्न सकियाैँ केही हदसम्म । डाउन ज्याकेट लगाउने जाडो पनि भोगियाैँ, गन्जी लगाउने गर्मी पनि भोगियौँ, ४५ डिग्री तापक्रममा पनि हिँडियौँ । यो  बाइक यात्रा भएकोले हामी अलि जोखिमपूर्ण यात्रा भनेर पनि लिने गर्छौँ । साँच्चै यो यात्रामा हामीले जोखिम नै उठाएका पनि हौँ व्यक्तिगत रूपमा । हाम्रो ज्यान हाम्रै हातमा थियो । हामीले सम्भावित  जोखिम न्यूनीकरणका लागि कुनै उपाय अपनाएका थिएनौँ । दुर्घटना वा स्वास्थ्य विमा पनि गरेका थिएनौँ । “ज्यान कि हातमा कि पातमा” भनेर सुरु गरेको यात्रा अविस्मरणीय हुने नै भयो । र, हामी जहॉं-जहॉं पुग्यौँ हामीले पर्यटनको कुरा गरिरहँदा आफ्नो ठाउँको मौलिकतालाई कसरी जोगाउने भन्नेतिर चाहिँ स्थानीय सरकारको खासै ध्यान गएको मैले पाइनँ ।

पर्यटक एक ठाउँबाट अर्को ठाउँ किन जान्छ ? भ्युटावर हेर्न ? पाइलैपिच्छे गेट हेर्न ? डोजरले खनेको बाटो हेर्न ? या कङक्रिट हेर्न ? देशको पर्यटन विकासको मोडल देख्दा हामी रनभुल्लमा पर्याैँ । पर्यटनको विकासका लागि हाम्रो कला संस्कृति कति आवश्यक छ भन्नेतिर ध्यान किन जाँदैन हाम्रो सरकारवालाहरूको ? कला संस्कृति भन्ने बित्तिकै मन्दिर बनाउने भनेको हैन नि ! हामीसँगै भएको भौगोलिक बनावट अनुसार विकास, त्यहँको रहनसहन, भेषभूषा, भाषा, संस्कृति, समग्रमा भन्दा विविधतालाई कायम राख्नु पर्याे ।

हरेक नागरिकले कलात्मक नाटक हेर्न पाउनु पर्याे, फिल्म हेर्न पाउनु पर्याे, किताब पढ्न पाउनु पर्याे, अनि त विकास भनिन्छ होला नि ! कुनैपनि प्रदेशमा यतातिर सरकारको ध्यान गएको पाइनँ । हामी कुन जमानामा छौँ भनेर बुझ्न पनि यो यात्रा अविस्मरणीय छ । बाटो पुगे पनि सहज छैन आखिर सरकार कता छ ? के मा व्यस्त छ ? अहिलेलाई यात्रा अनुभव यति नै । अब बाँकी सात जिल्ला घुम्ने योजना छ । देशको स्थिति जस्तो भएपनि देश घुम्नु त पर्याे । तर यात्रा जारी छ । घुम्नु पर्छ । घुम्ने हो ।

अरूका भाेगाइहरूबाट सिक्नकाे लागि घुमिरहन्छुः

मलाई के लाग्छ भने, आफ्नो ठाउँ मात्र देखेर, बुझेर हुँदैन । बाँचुञ्जेल आफूले भोग्नु पर्ने धेरै कुरा हुन्छन् । तर ती धेरै कुरा आफैँले भोग्न पनि सकिँदैन । अरूले भोगेको कुरा थाहा पाउन भ्रमण आवश्यक छ जस्तो लाग्छ । फरक परिवेश, संस्कार, संस्कृति, भेषभूषा, भाषा, सुख दुःख सबैको अनुभव गर्न र सिक्नको लागि मलाई भ्रमण गर्न मन पर्छ । हाम्रो समाजमा धेरै जसो महिलाहरूको कुरा गर्नु पर्दा जीवन त्यही चुलाचौका, घाँसदाउरा या भनौँ घरको चार कुनामा नै सीमित छन् । त्यहाँभन्दा बाहिर पनि अर्को संसार हुन्छ भन्ने कुरा थाहा नै छैन । म चाहीँ त्यसरी चार कुनामा सीमित हुन चाहन्न । र भ्रमण गर्छु, कथा भन्ने कोसिस गर्छु ।

राजाराम पौडेल (रियाज), मल्टिमिडिया पत्रकार 

राजाराम पाैडेल (रियाज), तस्बिर/चन्द्र तामाङ, स्थानः इलामकाे चिया बगान ।

ऐतिहासिक मोटरसाइकल यात्रा, “ताप्लेजुङ–दार्चुला बाइक टूर”का अर्का एक जना क्रु मेम्बर हुन्, राजाराम पौडेल (रियाज) । धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ७ पुर्ख्यौली घर भई हाल काठमाडौंको कलङ्कीका बासिन्दा रियाज विगत एक दशकदेखि मल्टिमिडिया र पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

रियाज हाल हिमाल मल्टिमिडिया प्रालिद्वारा सञ्चालित हिमाल दर्पण डटकमको सञ्चालकको भूमिकामा छन् । पर्यटन क्षेत्रमा समर्पित अनलाइन हो, हिमाल दर्पण डटकम । यस अनलाइनले विगत डेढ वर्षदेखि पर्यटकीय गतिविधिमा केन्द्रित समाचारकासाथै यसका विविध आयामहरूमा खोजमूलक लेखहरू प्रकाशित गर्दै आएको छ । प्राकृतिक/पर्यापर्य पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन र ग्रामीण पर्यटनलाई विशेष महत्त्व दिएर काम गरिरहेको छ ।

राजाराम पाैडेल (रियाज), तस्बिर/चन्द्र तामाङ, स्थानः साैराह, चितवन ।

“नेपालको आर्थिक विकासको सम्भावित क्षेत्रहरूमध्ये पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो । पर्यटन र पर्यटनसँग सम्बन्धित विषयवस्तुहरूलाई नेपालका मूलधारका मिडियाहरूले स्थान नै दिन सकेका छैनन्”, रियाज भन्छन्, “नेपालको पर्यटन प्रवर्द्धन, विकास र विस्तारमा टेवा पुर्‍याउने उद्देश्यले पर्यटनमा केन्द्रित पत्रकारिता सुरु गरेका हौँ ।”

पर्यटकीय गतिविधि, पर्यटकीय सम्भावनाका क्षेत्र, नीतिगत तथा कानुनी व्यवस्था लगायत विषयमा नागरिकलाई सुसूचित गर्ने र पर्यटनबारे बहस सिर्जना गर्न पब्लिक स्फेयर प्रदान गर्ने आफ्नो उद्देश्य रहेको रियाज बताउँछन् ।

मूलधारका भनिएका सञ्चारमाध्यमले नसमेटिएका विषय/घटना तथा समाचारजन्य सामाग्रीहरूलाई पनि हिमाल दर्पणले स्थान दिँदै आएको छ ।

उनले शङ्करदेव क्याम्पसबाट बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् । पत्रकारिताका अलावा विभिन्न सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय छन्, रियाज । उनले नेपालका ६५ भन्दा बढी जिल्लाहरूको भ्रमण गरिसकेका छन् ।

ताप्लेजुङ दार्चुला बाइक टूरमा मैले जे अनुभूत गरेँः

राजाराम पाैडेल (रियाज), तस्बिर/चन्द्र तामाङ, स्थानः काेशी व्यारेज, सिराह ।

समग्रमा भन्नु पर्दा यात्रा एकदम अर्थपूर्ण रह्यो । मोटरसाइकलमा निरन्तर २३ दिन, करिब ४००० किलोमिटरको यात्रा अनि ४५ जिल्लाको भ्रमण आफैँमा एउटा चुनौतीपूर्ण यात्रा थियो । यात्रा रोमाञ्चक अनुभूति हो र केही सिकाई अनि केही भोगाई पनि हो जस्तो लाग्छ मलाई । सायद मल्टिमिडिया क्षेत्रमा सक्रिय भएर होला आफू पुगेको ठाउँको सुन्दरतासँगै सो ठाउँको जीवनशैली, कला संस्कृति, जनचासो लगायतका विषयमा मेरो अलि बढी ध्यान जान्छ । मैले यो यात्रामा जेठ महिनाको मौसममा ४६.४ डिग्रीको तापक्रममा आफ्नो बाली भित्र्याउन हतार किसान पनि देखेको छु । साथै हाम्रो पनि सरकार छ र हामी पनि नेपाली हौँ र ? भन्ने प्रश्नले घेरिएको आँखा पनि देखेको छु  । विलासिताको स्रोत साधनले उन्मुक्त भएकाहरूको जीवन पनि देखेको छु ।  आफ्नो एक छाक टार्न घामपानी नभनेर काम गरेकाहरू पनि देखेको छु । मलाई यो यात्रा पछि राजधानी केन्द्रित राजनीति गर्ने हाम्रा नेताहरूलाई मुख भरीको गाली दिन पनि मन छ ।

यसकारण डुलिरहन्छु मः

मलाई भ्रमण असाध्यै मन पर्छ । कहिँकतै सुनिएका र वर्णन गरिएका ठाउँहरूमा आफैँ पुगेर सुन्दरताको रसास्वादन गर्न पाउनु अहोभाग्य हो । नेपालको यात्रामा निस्कँदा देखिने हिमाल, तालतलैया, झरना, सुन्दर फूलहरू, पहाडका उकाली ओरालीले स्वर्गमै रहेको आभास गराउँछ मलाई । स्थानीय रहनसहन, जीवनशैली र उनका सुखदुःखमा रमाउन पनि यात्रामा निस्कने गर्छु बेलाबेला । पर्यटन पत्रकारिता गरिरहेको हुनाले विषयसँग सम्बन्धित लेख, फोटो र भिडियो बनाउन समेत म भ्रमणमा निस्कने गर्छु । यो राजधानीको कोलाहल र व्यस्त जीवनशैली भन्दा पनि पर एउटा सुन्दर जिन्दगी भन्ने अभिलाषाले मलाई यात्रामा लगिरहन्छ । आजसम्म यी नै कुराहरूले तानाबानाले मलाई यात्रामा डोराइराखेको छ ।

चन्द्र तामाङ, पत्रकार 

चन्द्र तामाङ, तस्बिर/राजाराम पाैडेल (रियाज), स्थानः इलाम ।

ऐतिहासिक “नेपाल टुरिजम प्रोमोशन टूरः ताप्लेजुङ टु दार्चुला” का  अर्का एक जना क्रु मेम्बर हुन्, चन्द्र तामाङ । उनी विगत पाँच वर्षदेखि पत्रकारितामा सक्रिय छन् । राजनीति, समाज, शिक्षा, कृषि, विकास लगायत खासगरी ग्रामीण क्षेत्रका ओझेल परेका विषयवस्तु र समस्याहरूलाई उठाउँदै आएका चन्द्र पछिल्लो समय पर्यटन पत्रकारितामा बढी सक्रिय छन् ।

धादिङको बेनीघाट रोराङ–१, जरूङ गाउँमा जन्मिएका चन्द्र पत्रकारिताका अलावा विभिन्न सामाजिक कार्यहरूमा पनि सक्रिय छन् ।
उनले त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । बेनीघाट रोराङ–१, जरूङ गाउँमा रहेको श्री जरुङ सिम्टार आधारभूत विद्यालयबाट प्राथमिक शिक्षा लिएका उनले धादिङको गजुरी–१ स्थित श्री आदर्श उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए । चन्द्रले रत्नराज्यलक्ष्मी क्याम्पसबाट समाजशास्त्रमा पनि स्नातक गरेका छन् ।

उनले भारतसहित नेपालका ६० भन्दा बढी जिल्लाहरूको भ्रमण गरिसकेका छन् । नेपालको वर्तमान राजनीतिक प्रणाली, कर्मचारी प्रशासन, अर्थव्यवस्था, सामाजिक व्यवस्था, शिक्षा प्रणालीमा पुनर्विचार (रि-थिङ्किङ) गर्न जरुरी रहेको बताउने चन्द्र खासगरी भूगोल, समाज र संस्कृतिको अध्ययनकै लागि आफूले घुम्ने गरेको बताउँछन् ।

चन्द्र भन्छन्, “मानिसहरू कि आनन्द प्राप्तिको लागि घुम्छन्  कि त अध्ययनको लागि । तर, म चाहिँ अध्ययनकै लागि घुम्छु, किनकि म अध्ययनबाटै आनन्द प्राप्त गर्छु ।”

चन्द्र तामाङ, तस्बिर/पवित्रा खड्का, स्थानः बन्दीपुर, तनहुँ ।

राज्यको चौथो अङ्ग मानिएको पत्रकारिताको साख गिर्दै गएकोमा चिन्तित छन्, चन्द्र । मोफसलका पत्रकार र पत्रकारिताको अभ्यास थाहा पाउन पनि आफूले निरन्तर यात्रा गरिरहेको उनी बताउँछन् । आवाजविहीनहरूकाे आवाज भनिएको/बन्नुपर्ने पत्रकार र पत्रकारिता अहिले हल्ला गर्ने समूहमा परिणत भएको चन्द्रको  अनुभव छ । उनी भन्छन्, “आवाजविहीनहरूकाे आवाज भनेपछि जाे बाेल्न सक्दैनन्, तिनकाबारे लेख्नु/बाेल्नुपर्ने हाेला नि ! तर, हेर्नुस् त, जाे  आफैँ ठुला-ठुला स्वरमा कराउन सक्छन्, तिनीसँगै चिच्याएर हल्ला गरिरहेका छन्, पत्रकारहरू ।”

पत्रकार र पत्रकारिता सहरमा सीमित हुन नहुने उनको तर्क छ । “पत्रकार र पत्रकारिता सहरमा मात्रै केन्द्रित र सीमित हुनु दुर्भाग्य हो । नेपालका बहुसङ्ख्यक जनता ग्रामीण क्षेत्रमा बस्छन् । तिनका आवाज कहिले सुन्ने ? कहिले सुनाउने ?”, चन्द्र प्रश्न गर्छन् ।

ताप्लेजुङ-दार्चुला बाइक टूरकाे अनुभव यसरी सुनाउँछन्, चन्द्र 

चन्द्र तामाङ, तस्बिर/पवित्रा खड्का, स्थानः गाभर भ्याली, बर्दिया ।

ताप्लेजुङ-दार्चुला बाइक टूर मेरो लागि  अविस्मरणीय रह्यो । पत्रकार कलाकार सम्मिलित टोलीले गरेको पहिलो लामो बाइक टूर पनि रहेछ । टूर ऐतिहासिक बनेकोमा अझ खुशी  छु । यो टूरले नेपालको पर्यटन प्रवर्द्धनमा निकै ठूलो अर्थ राख्नेछ । यात्राका क्रममा हामीले स्थानीय समुदाय र सरोकारवालाहरूसँग गरेको छलफलले नेपालको समग्र पर्यटन क्षेत्रको तस्बिर बाहिर ल्याउन मद्दत पुगेको छ । यस यात्राले नेपाललाई मोटरसाइकलमै यात्रा गर्न सकिन्छ भन्न नजिर स्थापित गरेको छ । थुप्रै मानिसहरूले तराईको बाटो हुँदै मेची-महाकाली यात्रा गरेको देखिन्छ । तर, पहाडी र हिमाली भेगमा पनि बाइकमा यात्रा गर्न सकिने हामीले प्रमाणित गरेका छौँ ।

एउटै टिममा रहेर यात्रा गर्दैगर्दा पनि प्रत्येक व्यक्तिहरूको आ-आफ्नै अनुभूतिहरू हुन्छन् ।  विषय, सन्दर्भ र परिवेशलाई आ-आफ्नै ढङ्गले अनुभूत गरिरहेका हुन्छन् । मेरो अनुभूतिको कुरा गर्नुपर्दा मैले कहिले पत्रकारको रूपमा हेरेँ त कहिले एक नागरिकको रूपमा । कतिपय ठाउँमा राज्यको उपस्थिति शून्य देखेँ । विकासको अवधारणामा पूर्ण रूपमा पुनर्विचार गर्नुपर्ने पनि देखियो ।

एउटा पत्रकारको नजरले  हेर्दा/सुन्दा देशमा थुप्रै कथाहरू भेटिए, जाे लेख्न र भन्न बाँकी छन् । थुप्रै आवाजहरू सुनिए, जाे सुनाउने माध्यम खोजिरहेका छन् । थुप्रै दृश्यहरू देखिए, जाे देखाउने माध्यम पर्खिरहेका छन् । मैले आफूले  भेटेका, सुनेका, देखेका कथाहरू भन्ने छु, सुनाउने छु, देखाउने नै छु । बाँकी कथाहरू कसले भन्ने ? खैर, यो यात्राले देशलाई हेर्ने मेरो नजरियामा बदलाव ल्याइदिएको छ । यसलाई म ठूलो उपलब्धि मान्छु ।

यात्रा कति रमाइलाे भयाे भन्नेकुरा व्यक्त गर्न शब्दहरूकाे सहाराले मात्रै सम्भव हुँदैन । कतिपय भावनाहरू, अनुभूतिहरू शब्दहरूकाे सहयाेगमा व्यक्त गर्न सम्भव हुँदैन । जसलाइ अनुभूत मात्रै गर्न सकिन्छ । जीवन यात्रा हाे, गन्तव्य हाेइन भन्ने म विश्वास गर्छु । खुशी हुनकाे लागि गन्तव्यकाे प्रतिक्षा म गर्दिनँ । यात्रामै रमाउँछु । त्यसैले मेराे लागि यात्रा राेमाञ्चक हुने नै भयाे ।

आफूलाई भुल्नका लागि यात्रा गर्छुः

जीवन आफैँमा एक यात्रा हो । जन्म र मृत्युबीचको दूरी जीवन हो अनि हामी यात्री । बस्, यात्रा कसैको छोटो हुन्छ त कसैको लामो । कसैको अलि सहज, कसैको अलि कठिन । खैर, जीवन एक यात्रा नै हो । त्यसैले संसारका मानिसहरूको एक साझा इच्छा भनेको यात्रा गर्नु हो । यात्रा गर्न मन नपराउने मानिस संसारमा सायदै होला । यात्रा सबैभन्दा ठूलो गुरु पनि हो । जीवन जगत् र जीउनेकला बुझ्न यात्रा गर्छु म । भूगोल, मानिस, समाज र संस्कृति बुझ्न यात्रा गर्छु । कहिलेकाहीँ आफूलाई भुल्नका लागि यात्रा गर्छु ।

प्रत्येक यात्राले मलाई अपग्रेड गरिदिन्छ । यात्रा गरेर फर्कँदा म नयाँ अपडेटेड भर्जनमा आएको पाउँछु आफूलाई । त्यसैले यात्रा गर्छु । हामीले प्रयोग गर्ने मोबाइल डिभाइस र एप्स नयाँ नयाँ भर्जनमा आइरहेकाे हामीलाई थाहा छ नि । तर, तपाईँलाई थाहा छ ? तपाईँको आफूलाई नयाँ भर्जनमा कहिले अपडेट गर्नुभयो ? अहँ ! थाहा नै भएन हाेला है ? हो, तपाइ आफूलाई नयाँ भर्जनमा अपडेट गर्न चाहनुहुन्छ भने निस्कनुस् यात्रामा । यात्राले तपाईँलाई थाहै नदिई नयाँ भर्जनमा अपग्रेड र अपडेट गरिदिनेछ ।

चन्द्रकला कार्की, पत्रकार 

चन्द्रकला कार्की, तस्बिर/चन्द्र तामाङ, स्थानः कन्याम, इलाम ।

ऐतिहासिक ताप्लेजुङ–दार्चुला बाइक टूरका अर्को एक जना क्रु मेम्बर हुन्, चन्द्रकला कार्की । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–१ मा जन्मिएकी २३ वर्षीय चन्द्रकला विगत दुई वर्षदेखि अनलाइन पत्रकारितामा सक्रिय छिन् । समाचार सङ्कलन, फिचर तथा कथा लेखनमा उनले दुई वर्षको अनुभव बटुलेकी छन् ।

समाज र संस्कृतिको अध्ययनमा खास रुचि राख्ने चन्द्रकलाले बागबजारस्थित पद्मकन्या क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । उनी भन्छिन्, “समाज र संस्कृतिको अध्ययन मेरो रुचि हो । त्यसैका लागि यात्रामा निस्कने गरेकी छु ।”

उनले थाइल्याण्डसहित नेपालका ५० भन्दा बढी जिल्लाहरूको यात्रा गरेकी छन् ।

अत्यन्तै कम बोल्ने भलाद्मी स्वभावकी चन्द्रकलालाई यात्रा गर्न, साहित्य पढ्न, गीतसङ्गीत सुन्न र चलचित्र हेर्न मन पर्छ । उनका बाँकी स्वभाव र रुचि थाहा पाउन सङ्गत गर्नैपर्ला !

बाइक टूर मेराे लागि अविस्मरणीय रह्याे, -चन्द्रकला

चन्द्रकला कार्की, तस्बिर/चन्द्र तामाङ, स्थानः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कञ्चनपुर ।

२०८० जेठ १० गते हामी ८ जनाको टोली ताप्लेजुङ–दार्चुला बाइक टूरमा निस्कियौँ । टूरको नाम थियो, “नेपाल टुरिजम प्रोमोशन टूरः ताप्लेजुङ टु दार्चुला” । यो यात्रा मेरो जीवनको पहिलो सामूहिक यात्रा थियो र यो मेरो लागि एकदमै उत्साहजनक थियो ।

यात्रामा साथीहरू सबै नयाँ थिए । तर, यात्राका क्रममा कहिल्यै/कहिँकतै पनि नयाँ साथीहरूसँग यात्रा गरिरहेको छु भन्ने महसुस भएन । साथीहरूको आपसी सहयोग र सद्भावले नयाँ साथीहरूसँग छु भन्ने महसुस गर्न नै पाइनँ ।

यो यात्रा सजिलो पक्कै थिएन । मोटरसाइकलमा लामो यात्रा आफैँमा चुनौतीपूर्ण र कठिन हुन्छ । २३ दिन लामो चार हजार किलोमिटरको मोटरसाइकल यात्रा चुनौतीले भरिएको थियो । बर्खेझरी, पहाडको कच्ची बाटो, जेठ महिनाको तराईको गर्मी सबै सहँदै हामी सकुशल गन्तव्यमा पुग्न सफल भयौँ ।

पर्यटन प्रवर्द्धन, दिगो पर्यटन र पर्यटनमा ग्लोबल वार्मिङ (विश्वतापमान वृद्धि) को असरको अध्ययनको उद्देश्य लिएर यात्रा गर्ने क्रममा विभिन्न पर्यटकीय गन्तव्यहरूमा पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि एवम् सरोकारवालाहरूसँग छलफल र सेमिनार गर्‍यौँ । जसबाट हामीले उठाएका मुद्दाबारे स्थानीय समुदायको धारणा बुझ्ने मौका पायौँ ।

नेपालमा थुप्रै पर्यटकीय आकर्षणहरू छन् । प्रचारप्रसार नहुँदा प्रवर्द्धन हुन नसकेको पायौँ । थुप्रै पर्यटकीय गन्तव्यहरू ओझेलमा छन् । सही व्यवस्थापन तथा प्रवर्द्धन गर्न सकिए नेपालको प्रकृति र संस्कृतिले पर्यटक लोभ्याउने छन् ।

खैर, यो मेरो जीवनको सबैभन्दा अविस्मरणीय यात्रा थियो । अन्त्यमा सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

भूगाेल, समाज र संस्कृति बुझ्न यात्रा गर्छुः

यात्रा मेरो रुचि हो । मलाई नयाँ–नयाँ ठाउँहरूमा भ्रमण गरेर त्यहाँको बारेमा जान्न, अवलोकन गर्न र नयाँ ठाउँका नयाँ मानिसहरूसँग कुरा गर्न, त्यहाँको रीतिरिवाज, चालचलन, परम्परा र संस्कृति बुझ्न रमाइलो लाग्छ । त्यसकारण म यात्रा गर्न रुचाउँछु ।

यात्राले विभिन्न ठाउँहरूको भाषा, भेषभुषा, संस्कृति, भूगोल, हावापानीबारे सिकाउँछ । प्राकृतिक सुन्दरतामा भुलेर आफूलाई थोरै समयको लागि भएपनि सकारात्मक सोच्न सहयोग पुग्ने भएकाले पनि म यात्रा गर्न रुचाउँछु ।

मलाई लाग्छ, मानिसको जिन्दगी नै एक यात्रा हो । यात्रामा हरेक मानिसहरूको अनुभव, भोगाइ र सोचाइ एकमुष्ट आफूले ग्रहण गर्न सकिन्छ ।

रितास्मा मुखिया, पत्रकार 

रितास्मा मुखिया, तस्बिर/चन्द्र तामाङ, स्थानः घाेडाघाेडी ताल, कैलाली ।

ताप्लेजुङ–दार्चुला बाइक टूरका एक जना क्रु मेम्बर हुन्, रितास्मा मुखिया । तर, उनी पश्चिमको यात्रामा मात्रै जोडिएकी हुन् । उनी चितवनबाट दार्चुलासम्म टिममा जोडिएकी थिइन् ।

रितास्मा विगत करिब एक दशकदेखि प्रसारण पत्रकारितामा सक्रिय छिन् । उनी अहिले प्राइमटाइम्स टेलिभिजनमा समाचार वाचक र उत्पादकका रूपमा कार्यरत छिन् । झापाको विर्तामोडस्थित सनराइज एफएममा कार्यक्रम प्रस्तोता र प्राविधिकको रूपमा प्रसारण पत्रकारितामा होमिएकी रितास्माले यस अघि सूर्योदय टेलिभिजनमा समाचार वाचक, सम्पादक र उत्पादकको रूपमा काम गरेकी थिइन् ।

प्रसारण पत्रकारितामा सक्रिय उनी वास्तविक जीवनमा भने कम बोल्छिन् । रितास्मा भन्छिन्, “बोलेर भन्दा गरेर देखाउनुपर्छ भन्ने मान्यता छ । त्यसैले कम बोल्छु ।”

पाँचथर जिल्लाको हाङगुम गाविसमा जन्मिएकी रितास्माको बाल्यकाल गाउँमै बित्यो । कम बोल्ने र मेहनती रितास्माले माध्यमिक शिक्षा गाउँमा नै पुरा गरिन् । झापाको विर्तामोडस्थित कन्काई कलेजबाट व्यवस्थापनमा स्नातक गरेकी छन् ।

बाइक टूरमा मैले जे अनुभूत गरेँ…, -रितास्मा मुखिया

रितास्मा मुखिया, तस्बिर/चन्द्र तामाङ, स्थानः हिकिला, दुहुँ-१, दार्चुला ।

आशाजनक यात्रा खुसिको पाटो हो । अपेक्षाहरू र उत्साहको लेभल छुट्टै हुन्छ । लामो यात्रा कहिल्यै नगरेको म मा डर पनि थियो नै । तर सोच्थेँ, हाम्रो यो एउटा लक्ष्य हो, पुरा गर्नुपर्छ, फेरी यात्रामा म मात्रै छैन, हाम्रो राम्रो समूह छ । समूहमा सबै नयाँ साथीहरू । नयाँ साथी, नयाँ ठाउँ, मेरो लागी विशुद्ध नयाँ कार्यक्रम । खुसिले मन भरिएको थियो, यसमा थोरै दुखी पनि । किनकि, कार्यालयमा लामो बिदा नपाएको कारणले म पुरा यात्रा गर्न पाउँदिन थिएँ । मन थियो, सबै यात्रा मैले पनि पुरा गर्नु पर्छ, कोसिस नगरेको हैन तर सोचेजस्तो कहाँ हुन्छ र ? म छुटेँ साथीहरूसँग । केहिदिनमा नै यात्रामा जोडिने बाचा गर्दै उनीहरूलाई बिदाइ गरेँ । मन खिन्न थियो सँगै जान पाएको भए…! तर मनलाई सम्हालेँ केहिदिनमा भेट्छौँ अनि सँगै यात्रा गर्नेछौँ । यसै अनुरूप साथीहरू ताप्लेजुङको यात्रामा निस्किनुभयो ।

बीचबीचमा हाम्रो कुरा हुँदै गयो । र म चितवनबाट जोडिने सल्लाह भयो । सोही अनुरूप म तयार भएँ । जेठ १७ गते बेलुका हाम्रो चितवनमा भेट भयो र त्यस पछिको यात्रा सँगै सुरु भयो । हाम्रो लक्ष्य नै टुरिजम प्रोमोशन थियो, हामी हिँड्ने बाटो, भूगोल, भेटिएका त्यहाँका समुदाय, जानकार व्यक्ती, धेरैसँग भेट्ने चिन्ने र जान्ने अवसर मिल्यो ।

नेपालमा पाइने प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जैविक तथा अन्य विभिन्न विविधताहरूले संसारका मानिसलाई आकर्षित गर्न सजिलै सकिन्छ । नेपालको पृथक् भौगोलिक बनावट, हिउँले ढाकिएका शृङ्खलाबद्ध हिमालहरू, हरिया जङ्गल, नदीनालाहरू, यहाँका मानिसहरूमा भएको पाहुनाप्रतिको आतिथ्य सत्कारको भावना, सांस्कृतिक विविधता, जातजाति, भेषभुषा कला संस्कृति आदि कुराहरूले पर्यटन विकासका सम्भावनाहरू छन्  भन्ने प्रस्ट देखिन्थ्यो । र यसको संरक्षणमा हामी चुकेका छौँ भन्ने पनि हाम्रो अध्ययनले छर्लङ्ग देखिन्थ्यो । साँचै काठमाडौंदेखि दार्चुलासम्मको यात्रा अविस्मरणीय भयो । धन्यवाद ।

संसार हेर्ने हुटहुटीले घुम्छुः

भिन्न-भिन्न स्थान वा क्षेत्रको भाषा, कला र संस्कृति फरक फरक हुन्छ । प्रकृतिले संसारमा यस्ता विविधता प्रदान गरेको छ । जुन विविधतालाई एकै ठाउँ बसेर व्याख्या विश्लेषण गर्न सम्भव छैन । यस्ता महत्त्वपूर्ण प्राकृतिक तथा सांस्कृतिक ठाउँहरूको भ्रमण गरी त्यहाँका विविध पक्षहरूको अध्ययन गर्न औधी मन पर्छ । यसै कारण म यात्रामा निस्किन्छु ।

नाेटः (ऐतिहासिक मोटरसाइकल यात्राको औपचारिक समापन गर्न यही जेठ २० गते बुधवार नेपाल टुरिजम बोर्डको सभाहल, भृकुटीमण्डपमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा यात्रीहरूले अनुभव सुनाउनेछन् । २३ दिनमा नेपाललाई फन्को मार्दा उनीहरूले के के देखे ? के कस्ता अनुभूतिहरू गरे ? यसबारे थाहा पाउन पत्रकार सम्मेलनमा सहभागी हुन सक्नुहुनेछ ।) 

सम्बन्धित समाचार