acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the media-upload handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170होमस्टेको प्रवर्द्धन, व्यवस्थापन तथा सञ्चालनका लागि स्थानीय सरकारले खासै सहयोग नगरेको उनीहरूको गुनासो छ ।
Warning: Undefined array key "sizes" in /home/himaldar/public_html/wp-content/plugins/next-gen-image/bootstrap.php on line 149
Warning: foreach() argument must be of type array|object, null given in /home/himaldar/public_html/wp-content/plugins/next-gen-image/bootstrap.php on line 149
Warning: Undefined array key "file" in /home/himaldar/public_html/wp-content/plugins/next-gen-image/bootstrap.php on line 157
Deprecated: DateTime::__construct(): Passing null to parameter #1 ($datetime) of type string is deprecated in /home/himaldar/public_html/wp-content/plugins/next-gen-image/vendor/monolog/monolog/src/Monolog/Logger.php on line 324

Warning: Undefined array key "file" in /home/himaldar/public_html/wp-content/plugins/next-gen-image/bootstrap.php on line 166
बर्दियाको बारबर्दिया नगरपालिका–७, रम्मापुरका रामकृष्ण चौधरी विगत पाँच वर्षअघि एउटा विदेशी प्रोजेक्टमा काम गर्थे । विदेशी प्रोजेक्ट भएकाले कामको सिलसिलामा विदेशी नागरिकहरूसँग बाक्लै भेटघाट हुन्थ्यो । चिनाजानी पनि बढ्दै गएको थियो । विदेशीहरू उनको गाउँ रम्मापुरमा आउन थाले । त्यसैक्रममा बेलायतका नागरिकहरूको एउटा समूहले रामकृष्ण चौधरीलाई नयाँ व्यवसायबारे बताए । त्यो थियो, होमस्टे पर्यटन ।
त्यसताकासम्म रामकृष्णले होमस्टे पर्यटनबारे सुनेका त थिए, तर बुझेका थिएनन् । यसबारे गाउँका कसैले पनि बुझेका थिएनन् । थारु समुदायको मौलिक संस्कृति, भाषा, रहनसहन र जीवनशैली देखेपछि विदेशीहरूले होमस्टेको सम्भावना देखे । यसबारे रामकृष्ण चौधरीलाई बताए । सिकाए र सिकाउन लगाए ।
बेलायती नागरिकहरूले “हामी तिमीहरूको घरमा पाक्ने मौलिक खानेकुरा खान चाहन्छौँ । तिमीहरूसँगै परिवार जस्तै भएर बस्न चाहन्छौँ । तर, त्यसबापत हामी पैसा तिर्छौँ ।” भनेर होमस्टे पर्यटनबारे बताएपछि रामकृष्ण हौसिए ।

रामकृष्ण चाैधरी, संस्थापक/सदस्यः रम्मापुर मध्यवर्ती सामुदायिक हाेमस्टे, तस्बिरः रामकृष्ण चाैधरीको फेसबुक वालबाट ।
पाहुनालाई आफ्नै मौलिक स्थानीय परिकार खुवाएर घरमै सुताएर पनि आयआर्जन गर्न सकिने उनले थाहा पाए । आफ्नै गाउँमा रोजगारी सिर्जना हुने, आफ्नै बारीमा उत्पादित फलफूल, अन्न, तरकारी घरमै खपत हुने र घर काममा खटिने महिला, आमा दिदीबहिनीले पनि आयआर्जनको काम गर्न सकिने भएपछि उनी होमस्टे सञ्चालन गर्न उत्साहित भए । तर, गाउँका अरू कसैले बुझेका थिएनन् । उनले आफ्नो टोलका सबैलाई बैठक बोलाए । होमस्टे पर्यटन र यसबाट हुने फाइदाबारे बताए । उनका छिमेकीहरू होमस्टे सञ्चालन गर्न तयार भए ।
होमस्टे सञ्चालन गर्ने त भनियो, तर कसरी सुरु गर्ने थाहा थिएन उनलाई । केही साथीहरू मिलेर नजिकै रहेको गाभर भ्याली होमस्टेमा गएर तालिम थिए । छोटो अनुभव लिएर आए ।

खाना पकाउँदै गृहेणी ।
उनका काइँला दाजु राधाकृष्ण चौधरी भारतका विभिन्न सहरमा होटल क्षेत्रमै काम गरेको लामो समय भएको थियो । रामकृष्णले दाजु राधाकृष्णलाई होमस्टेको अवधारणाबारे बताए । होटलको जागिर छोडेर गाउँमै आफ्नै परिवारसँग बसेर होमस्टे सञ्चालन गर्न राधाकृष्ण पनि तयार भए । जागिर छोडेर फर्किए आफ्नै गाउँ, रम्मापुर ।
रामकृष्णका पाँच दाजुभाइसहित १२ घरपरिवार होमस्टे सञ्चालन गर्न तयार भए । दाजु राधाकृष्णको अध्यक्षतामा सामुदायिक होमस्टे दर्ता भयो । आवश्यक संरचनाहरू निर्माण गरे । २०७६ को पौष १७ गते लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शङ्कर पोख्रेलले होमस्टेको उद्घाटन गरे । होमस्टेको उद्घाटन भएपछि पाहुनाहरू आउन थाले । १२ घर परिवारलाई सेवा दिन नै मुस्किल हुन थालेको थियो । गाउँघरमै आम्दानी हुन थालेपछि उत्साहित थिए । तर, उनीहरूको उत्साहमा दुई महिना नबित्दै कालो बादल मडारियो । विश्वव्यापी कोभिड महामारी सुरु भयो । सहरमा सुरु भएको महामारीको असर उनीहरूको गाउँसम्म फैलियो । पाहुनाहरूको आगमन कम हुँदै गयो । उनीहरूको व्यवसाय थला पर्न थाल्यो । पाहुनाहरूका लागि बनाएका संरचनाहरू भत्किन थाले । बाँस र काठका संरचनाहरू मक्किन थाले । छानो चुहिन थाल्यो । संरचनाहरू ढले । अहिलेसम्म उठेका छैनन् ।
“पाहुनाहरूको आगमन बढ्न थाल्यो भने बनाउने भनेको हो । नभए बनाउन सकिने अवस्था छैन ।” होमस्टेका संस्थापक अध्यक्ष राधाकृष्ण चौधरीले ढल्न लागेकाे कटेजलाई देखाउँदै भने, “बनाएर मात्रै के गर्नु सर, यसरी खेर जान्छ । ऋण मात्रै बढ्छ ।”

भत्किन लागेकाे कटेज ।
१२ वटा घरपरिवारबाट सुरु भएको होमस्टे अहिले ८ परिवारमा सीमित भएको छ । सुरुआती अवस्थामा नै कोभिड महामारीको मारमा परेको होमस्टे अहिले महामारी करिब अन्त्य भइसक्दा पनि पुरानो लयमा फर्किन सकेको छैन । अहिले व्यक्तिगत सम्पर्कको भरमा महिनामा १०–१५ समूह आउँछन् । सामुदायिक होमस्टे भएपनि जसको सम्पर्कबाट आयो उसैले आफ्नो घरमा राख्ने गरेका छन् । सामुदायिक होमस्टे सञ्चालनको कार्यविधि अनुसार सेवा र नाफाको बाँडफाँड गर्न सकेका छैनन् । त्यसो हुँदा सदस्यहरुबीच मतभेद समेत बढेको उनीहरू स्विकार्छन् । प्रत्येक घरपरिवारले पाँच लाखदेखि २० लाख रुपैयाँसम्म लगानी गरेका छन् । अध्यक्ष राधाकृष्णले २० लाखभन्दा बढी लगानी गरेका छन् । जसोतसो ऋणधन गरेर गरेको लगानी खेर जाने हो कि भन्ने चिन्तामा छन् उनीहरू । व्यवसायलाई पुरानो लयमा कसरी फर्काउने थाहा छैन । अन्योलमा छन् ।
कस्तो छ होमस्टे ?

हाेमस्टेमा पाहुनाका लागि बनाइएका कटेजहरू ।
होमस्टे एकदमै सुन्दर छ । काँचो इँटाको गाह्रो, माटोले लिपपोत गरेको पिँडी, आँगन, खरको छानो भएको चिटिक्क परेका मौलिक घरहरू । हुल बाँधेर हिँडिरहेका कुखुरा र हाँसका झुन्डहरू, परालकाे कुनिउँ, आँगन छेउमा बाँधिएका गाईभैँसी र बाख्राका बथानहरूले मौलिक गाउँघरको झल्को दिन्छ । थारु समुदायको मौलिक संस्कृति र जीवनशैली झल्काउने विभिन्न संरचनाहरू यत्रतत्र देखिन्छन् । मौलिक भेषभुषा तथा भाषा, रहनसहन, पाहुनालाई गर्ने स्वागत सत्कार र व्यवहारले मोहित बनाउँछ ।

हाेमस्टे हुँदै जाने कालाेपत्रे सडक ।
राष्ट्रिय निकुञ्ज परिसरमा रहेको हुनाले हावापानी अत्यन्तै स्वच्छ छ । होमस्टे परिसरमा खोला छ । खोला किनार हुँदै कालोपत्रे सडक । खोलामा कलकल पानी बगिरहेको छ । खोलामा माछा र गङ्गटो पाइन्छ । खोलाको छेउछाउमा रहेको बाँसघारी र रुख बिरुवाले गर्मी मौसममा शीतलता दिन्छ । चराचुरुङ्गीको चिरबिर त छँदै छ । जे होस्, सहरको कोलाहल, धूलो, धुवाँ र दौडधुपको जिन्दगीबाट केही समयको लागि भएपनि पर पुर्याइदिन्छ यस होमस्टेले ।

हाेमस्टेमा पर्यटक ।
मुख्य आकर्षण

माैलिक घरहरू । बीचमा बाटाे ।
मौलिक थारु खाना, संस्कृति र चिटिक्क परेको मौलिक गाउँ मुख्य आकर्षण हो । थारु समुदायको जीवनशैली र रहनसहन, भाषा र भेषभुषाको अवलोकन गर्न पाइन्छ । यस होमस्टेमा थारु समुदायका सबै खालका मौलिक परिकारहरू पाइन्छ । घुङ्घी, सिपी, परेवाको मासु, गङ्गटो, माछा आदी स्पेशल परिकार पाइन्छ । यसका अलावा हाँस, कुकुरा, खसीको परिकार पनि पाइन्छ ।
किन ओझेलमा ?
होमस्टे पर्यटनको सम्भावनाले भरिपूर्ण भएर पनि यो होमस्टे ओझेलमा छ । प्रचारप्रसार गर्न सकेको छैन । मुख्यमन्त्रीले उद्घाटन गरेपछि तत्कालीन समयमा चर्चा भएपनि पछि महामारीको मारमा परेपछि यतिकै गुमनाम हुन पुग्यो । भर्खरै होमस्टे पर्यटनमा होमिएका उनीहरूले प्रचारप्रसार र प्रवर्द्धन कसरी गर्ने भेउ पाएनन् । अझै पनि कसरी प्रचारप्रसार गर्ने भन्ने थाहा छैन ।

हिमाल दर्पण टिमसँग बाेल्दै रामकृष्ण चाैधरी ।
यस होमस्टेका पायाेनियर एवम् सदस्य रामकृष्ण चौधरीका अनुसार अहिलेसम्म होमस्टेको प्रचारप्रसार र प्रवर्द्धनको लागि सामाजिक सञ्जाल समेत प्रयोग गरिएको छैन । व्यवसायको प्रवर्द्धन गर्न सामाजिक सञ्जालले ठुलो भूमिका खेल्न सक्छ । होमस्टेको प्रवर्द्धन, व्यवस्थापन तथा सञ्चालनका लागि स्थानीय सरकारले खासै सहयोग नगरेको उनीहरूको गुनासो छ । सदस्य रामकृष्णका अनुसार यस होमस्टेको प्रवर्द्धनमा टेवा पुर्याउनका लागि नाट्टा सुदूरपश्चिमका अध्यक्ष एवम् पर्यटन व्यवसायी श्रीराम सिग्देलले पत्रकार तथा यात्रीहरूलाई होमस्टेमा रिफर गर्ने गरेका छन् । र, पनि खासै प्रचारमा आउन सकेको छैन ।
कति महँगो छ यो होमस्टे ?
आफ्नो रोजाइको परिकार अनुसार मूल्य तलमाथि हुनसक्छ । कुनकुन परिकार खाने, कति खाने भन्ने कुराले खर्चको निर्धारण हुन्छ । यस थारु होमस्टेमा एक जनाले साँझको खाना खाएर, सुतेर बिहान खाजासहित एक हजार रुपैयाँ खर्च गर्नुपर्छ । यसमा साँझ भेज/नभेज खाना, बिहान कुनै मौलिक परिकारको खाजा खान पाइन्छ भने एटेच्ड बाथरुम र इन्टरनेटसहितको रुम पाइन्छ ।
लोकेसन ?
यो होमस्टे लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ७, रम्मापुरमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको परिसरमा पूर्वपश्चिम राजमार्गबाट पाँचसय मिटरको दुरीमा रहेको छ । नेपालगन्जबाट आउँदा कोहलपुर, बाँझगढी हुँदै आउँदा रम्मापुर ब्यारेक आउँछ । रम्मापुर ब्यारेकबाट पाँचसय मिटर अगाडि रम्मापुर पाँच नम्बर चोक छ । चोकबाट बारबर्दिया नगरपालिकाको कार्यालय जाने बाटो हुँदै पाँचसय मिटर भित्र पसेपछि होमस्टेमा पुगिन्छ । पूर्वपश्चिम यात्रा गर्दै हुनुहुन्छ ? रम्मापुर मध्यवर्ती सामुदायिक होमस्टेमा पस्नुस् है !
तस्बिरहरूः

भिडियो