काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ । चीनको सिचुवान एयरलाइन्सले आज (बुधवार) बिहान ९:३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको हो ।
चीनको सिचुवान एयरलाइन्सलाई एयरपोर्टमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्वागत गरेका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्सलाई पानीफाेहरा लगायतले स्वागत गरिएको थियो ।
पोखरा विमानस्थल गएको पुस १७ बाट सञ्चालनमा आएको हो । सञ्चालनमा आएको करिब सात महिनापछि अन्तर्राष्ट्रिय उडान भएको हो ।
अन्तर्राष्ट्रिय उडान भएसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।