शुक्रबार , फागुण १८, २०८०

रेसुङ्गामा तीन महिनापछि पुग्यो जहाज

image

काठमाडाैं । गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिना पछि शुक्रबार जहाज पुगेकाे छ । पटक पटक मौसम खराबीको कारण भन्दै उडान स्थगित गरेको नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको तीन महिनापछि शुक्रवार उडान भरेको छ ।

काठमाडौँबाट गुल्मीका लागि ११ जना र गुल्मीबाट काठमाडौँका लागि तीन जना यात्रु रहेका थिए । आज शुक्रवार मौसम सफा रहेको र यात्रु न्यून रहँदा पनि उडान भरेको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।

मौसम खराबीका कारण भन्दै असार पहिलो हप्ताबाट उडान नभरेको विमानले मौसम सफा रहेमा नियमित उडान भर्ने थापाले बताए । नेपाल एयरलाइन्सको विमानले प्रत्येक हप्ताको शुक्रवार बिहान साढे छ बजे काडमाडौँबाट र रेसुङ्गाबाट काठमाडौँका लागि ७ः ४० मा उडान भर्ने गरी समय तालिका बनाएकाे छ ।

काठमाडौँबाट रेसुङ्गाका लागि ६ हजार पाँच सय र रेसुङ्गाबाट काठमाडौँका लागि ६ हजार तीन सय भाडा निर्धारण गरेको छ ।

सम्बन्धित समाचार