कथनअनुसार, मौलय आफ्नो राज्यमा यदि कुनै महिलाले गैरपुरुषसँग सम्बन्ध राखेको थाहा पाएमा ती महिलाको स्तन काटिदिने गर्दथे । दाँत उखेलिदिने र फाँसीमा झुण्ड्याउनु त्यसपछिको बाँकी काम रहन्थ्यो । आफ्नो बेगमहरू र ल्याइतेहरूप्रति अत्याधिक अधिकार जताउने प्रवृत्ति इस्माइलमा अधिकतम रहेको प्रमाणसँग ज्यादातर इतिहासकारहरू सहमति जताउँछन् । आफ्ना बेगम एवं रखैलहरूलाई कुनै पुरुषले हेरेमा या देखेमा पनि ती पुरुषहरूको शिर छेदन गर्न भ्याइहाल्थे इस्माइल ।
लोककथा र चलचित्रहरूले ‘ड्र्याकुला’ वा ‘भ्याम्प्यार’का बारेमा हाम्रो मस्तिष्कका एउटा घुर्माइलो चित्र कोरेका छन् । तर यदाकदा सोच्न मन लाग्छ, के ड्र्याकुला वा भ्याम्प्यार वास्तविक होलान् ? यिनको उपस्थितिलाई जति पनि सन्देह गर्ने ठाउँ छन् तर यिनका बारे लोकोक्तिहरू किन प्रचलित भए होलान् ? के ती केवल कपोकल्पित कहानीहरू मात्रै हुन् त? त्यसो हो भने वर्तमान विश्वले यस्ता काल्पनिक कहानीहरूलाई के-कति कारण प्रश्रय दिइरहेको छ ?
यस्ता प्रश्नहरू गरिरहँदा हामीले यस्ता व्यक्तिहरूलाई पनि सम्झन सक्छौँ, जसको दिमागमा क्रूरताबाहेक अर्थोक थिएन । ती हैकम चलाउँथे, नटेर्नेलाई विभत्स ढंगले मारिदिन्थे । क्रूरताको हद नाघ्थे । तिनका हृदयमा दया भन्ने कुरो किञ्चित थिएन । तिनलाई आफ्नो प्रशंसाबाहेक सामान्य विरोध पनि सुन्ने इच्छा हुँदैनथ्यो । उनीहरूलाई कुनै पनि हालतमा आफ्नो शासनसत्ता टिकाउनु र लम्बाउनु थियो । ती यतिसम्म सनकी थिए कि, आफ्ना चाहना पूरा गर्न मानिसलाई बलिको बोको नै बनाउन पछि हट्दैनथे । मानिसको रगत पिउनु, मासु खानु उनीहरूको लागि नितात सामान्य कुरा थियो ।
इतिहासमा यस्ता शासकहरू पनि देखिए, जसले मानव सभ्यतालाई शर्मनाक बनाइदिए । यिनले क्रुरताको हद पार गरे । आफ्नो शक्तिका बलमा आममानिसमाथि भयानक अपराध गरे । यस्तै तानाशाह र क्रुर शासकका कारण निहत्था, निर्दोष र निरापराध लाखौँ मानिसले ज्यान गुमाए । मानव सभ्यतामा नामिटीने कलंकको दाग लगाएर अन्तत : केहि इहलिलाको खारेजीमा परे भने केहि यद्दपी जीवित नै छन् ।
***
एक सुल्तान: जसको ५०० रखैल र १,००० सन्तान थिए..!
यो वृतान्त हो, एक निर्दयी सुल्तानको जसले मोरक्कोमा इस्वीको १६७२ देखि १७२७ सम्म (५५ वर्ष) शासन गरेका थिए । मोरक्कोको इतिहासमा यति लामो समयसम्म राजगद्धी सम्हाल्ने अर्को सुल्तानको त्यसपछि जन्म भएकै छैन । यस्ता शासक, जसले जति लामो वर्ष राजगद्धी सम्हाले, उत्तिकै लामो समय जनतालाई त्राहिमाम त्राहिमाम बनाइराखे ।
इतिहासको नाममा नभएको कुराहरु भन्ने परम्परा छँदै छ, साथमा भएकै कुरालाई पनि ढाकछोप गर्ने परम्परा पनि जीवित नै छ । यहाँ एउटा त्यस्तो इतिहासको कालखण्ड र कूर शासकबारे चर्चा गरिनेछ जसको टोकाई रगेटे कमिलाको जस्तै रह्यो ।
इतिहासको पानालाई रगेटे कमिलाको टोकाई सरह हरदम चिलिरहने यस शासकले कयौँ बर्बरतासँग साक्षात्कार हुनुपर्दा हाम्रो धड्कन रोकिन्छ, शिरा-शिरामामा रगत उमिलन्छ । कन्चट तात्छ, दाँत किड्न मन लाग्छ र मुठ्ठी कस्ने मन हुन्छ । तर इतिहास भएको कुरा हो । भइसकेको कुरालाई जे हो, त्यहि तवरले र त्यति मात्रै बुझ्नु पर्छ ।
रमाइलो कुरा के छ भने, यस निर्दयी शासकको नाम गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा समेत दर्ज छ ! रेकर्डमा उनको नाम – मौलय इस्माइल इबिन शरीफ (moulay ismail ibn sharif), दुनियाँकै सबैभन्दा धेरै सन्तानको बाबूको रुपमा दर्ज छ ।

मौलायको जन्म इस्वीको १६४५ आसपास मोरक्कोको प्राचीन नगर सिजिलमासामा भएको थियो । अलौइत राजवंशका दोस्रो सुल्तान थिए- इस्माइल । मोहम्मद छैठौं (वर्तमान मोरक्कोका राजा) यसै राजवंशका हुन् । त्यहाँ छरपष्ट स-साना कबिलाहरू आ-आफ्नै आन्तरिक युद्धमा मरिमेटीरहेका थिए । आन्तरिक युद्ध र गद्धीको उत्तराधिकारीको लागि भएको लडाईको कारण ती कविलाहरू कमजोर र जिर्ण बनिसकेका थिए । र, यो मौका मौलयको लागि वरदान सावित भयो । उनले मौकामा चौका हाने र जिर्ण भएका ती कविलाहरूमा ज्यान भरे । मौलयले सबै कुरा सम्हाले, र आफूलाई उत्तराधिकारीको रुपमा दर्ज गरे।
त्यसअघि सम्म, कबिलाहरूमाथि सैनिकको आधिपत्यता थियो, त्यसलाई मौलयले अन्त्य गरिदिए । सहारा मरुभूमिको दक्षिण भेगदेखि दासहरू झिकाई तिनलाई आफ्नो सेनादल भर्ति गराए, जो सुल्तानको लागि आफ्नो ज्यान निम्छ्वार गर्न हरदम तत्पर थिए ।
भनिन्छ, मौलयको शासनकालको अन्त्यसम्म मोरक्को डेढ लाख भन्दा बढी सैनिकहरूकोको साथ् एक मजबुत राज्यको रुपमा स्थापित भइसकेको थियो । त्यति नै बेला मोरक्कोले फ्रान्स, ग्रेट ब्रिटेन, स्पेन जस्ता ठूला शक्ति राष्ट्रहरूसँग महत्वपूर्ण सम्बन्ध निर्माण गर्न भ्याइसकेको देखिन्छ ।
रणनीती कार्यभारमा निपूर्ण देखिएका मौलयको एक अर्को पाटो छ, जसले उनको असली परिचय हामीसामू राख्छ ! त्यो हो- उनको निष्ठुरता, क्रूरता र विलासी प्रेमसमबन्ध, यौनआत्तुरता । यूरोपका अधिकारीहरू उनलाई ‘रगतको प्यासी सुल्तान’ भनेर सम्बोधन गर्दथे । कथनअनुसार, उनले मोरक्कोको फैज नगरमा चार सय विद्रोहीहरूको शिर काटेर आफ्नो शासनको सुरुवात गरेका थिए । शिर छेदनले मात्रै उनको प्यास बुझेंन, उनले काटिएका शिरलाई नगरकै एक पर्खालमा लामबद्ध झुण्डाएर आफ्नो क्रूरताको सीमारेखा खडा गरे ।
आफ्नो ५५ वर्षको शासनकालमा उनले ३० हजार भन्दा बढी मानिसहरूलाई चरम यातना दिएर मृत्युको मुखमा पुर्याइदिएको आँकडा भेटिन्छ।
इस्वीको २०१७ मा फ्रेन्च टिभी प्रोग्राम ‘सीक्रेट्स अफ हिस्ट्री’अन्तर्गत ‘मौलय इस्माइल: सन किंग अफ थाउजेन्ड एण्ड वन नाइट्स (Moulay Ismail: the Sun King of the thousand and one nights)’ एक एपिसोड देखाइएको थियो ! उक्त एपिसोडअनुसार, औसत कदकाठी, तर देख्नमा आकर्षक मौलय सदैव सफेद कपडा पहिरिने गर्दथे । तर चर्को भावावेग (रिस) या युद्धको समयमा भने उनी पहेंलो कपडामा देखिने गर्दथे । उसो त मौलय एक कुशल घोडचढी पनि थिए ।
कथनअनुसार, जब उनको गुलाम उनलाई घोडचढीको लागि मद्दत गर्न आउने गर्दथे, उनी बिनाकारण गुलामको शिर छेदन गर्ने गर्थे । यो हदसम्म मनमौजी थिए इस्माइल । एकपटक इस्माइलले आफूविरुद्ध बोलेकै कारण आफ्नै छोराको देब्रे हात काटीदिएका थिए । हरक्षण आफ्नो मनमौजीमात्रै चलाउने शासकलाई आफ्नै छोराको चर्को आवाजसमेत सुन्ने साहस थिएन ।
Legend has it that Ismail had sex every single day — which wouldn’t be too tough to do if you had over 500 women to choose from.
मौलयको चार बेगम (रानी) हरू एवं पाँच सय भन्दा ज्यादा ल्याइते (रखैल) हरू थिए । उनी जति क्रूर थिए त्यति नै धेरै प्रेमसम्बन्ध राख्दथे । प्रेमसम्बन्धको सोझो अर्थ उनको यौन आत्तुरता र यौनिक उन्माद नै थियो । जुन-जुन कबिलाहरू युद्धको दौरान उनको सामुन्ने घुडा टेक्ने गर्दथे, सो-सो कबिलाका सरदारहरू आफ्ना छोरीहरू इस्माइललाई सुम्पिन बाध्य हुन्थे । यसैप्रकार सुल्तान शक्तिकोआडमा क्रूरता घेरा बढाउदै गए ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार, मौलयको आठ सय ८८ सन्तानहरू भएको प्रमाण उपलब्ध छ । प्रायशः मोरक्कोको यात्रा गरिरहने फ्रान्सेली राजदूत डामनिक बुसनाटको रिपोर्टअनुसार, इस्वीको १७०४ सम्म सुल्तानको ११ सय ७१ सन्तान थिए । तब मौलयको उमेर ५७ वर्षको थियो र उनी ३२ वर्षदेखि मोरक्कोमा शासन गरिरहेका थिए । गिनिज बुक र बुसनाटमा कसको आँकडा साँचो हो त्यो भविष्यले पुष्टि गर्ला !
एक पुरुषबाट एक हजार बढी सन्तान ?
यो एक विज्ञानलाई समेत चुनौती दिने प्रश्नको कोटीमा पर्दछ । तर वैज्ञानिकहरू पनि यस कुरालाई सम्भव मान्दछन् । सबैखाले सोध र अनुसन्धानपश्चात यस् अनुमानलाई चल्ताफिर्ता(बोलवाला) प्रमाणको रुपमा अघि सारिएको छ- मौलयले ३२ वर्षसम्म हरेक दिन यौनसम्पर्क राखे होलान्, तब न उनको ११ सय ७१ सन्तान हुन सक्यो होला । यद्यपि यहाँनेर शंकाको छुट अझै पनि छँदै छ ।
तर एउटा पक्का कुरा थियो, उनको दरबारमा महिलाहरूको कुनै कमि थिएन । करिबन एक हजारको संख्यामा सन्तान उनी ६५ देखि एक सय १० महिलासँग यौनसम्पर्क राखेर नै पैदा गर्न सक्दथे । जुन सामान्य अंकगणितीय हिसाबले पनि बताउँछ ।
Each of the 500 concubines in Ismail’s harem had their own eunuch and handmaiden.
कथनअनुसार, मौलय आफ्नो राज्यमा यदि कुनै महिलाले गैरपुरुषसँग सम्बन्ध राखेको थाहा पाएमा ती महिलाको स्तन काटिदिने गर्दथे । दाँत उखेलिदिने र फाँसीमा झुण्ड्याउनु त्यसपछिको बाँकी काम रहन्थ्यो ।
आफ्नो बेगमहरू र ल्याइतेहरूप्रति अत्याधिक अधिकार जताउने प्रवृत्ति इस्माइलमा अधिकतम रहेको प्रमाणसँग ज्यादातर इतिहासकारहरू सहमति जताउँछन् । आफ्ना बेगम एवं रखैलहरूलाई कुनै पुरुषले हेरेमा या देखेमा पनि ती पुरुषहरूको शिर छेदन गर्न भ्याईहाल्थे इस्माइल । यहिँ कारण थियो, दोस्रा व्यक्ति (पुरुष) हरू इस्माइलको बेगम र रखैलहरूतर्फ हिँड्नुपर्दा पेटको भरले जमिनमा घिस्रिएर हिड्ने गर्दथे, ताकी गल्तिले पनि मौलयको स्त्रीहरूमाथि आफ्नो आँखा नपरोस् ।
अर्को प्रमाणअनुसार, सुल्तानलाई बिरालोहरूप्रति खुब लगाव थियो । उनले आफ्नो महलमा ४० भन्दा बढी बिरालोहरू पालेका थिए । सबै बिरालोहरूलाई उनले नाम दिएका थिए ! तर बिरालोहरू पनि सुल्तानको क्रूरतादेखि जोगिन हम्मेहम्मे नै थियो ।
कहिले कुनै बिरालोको उछलकुदबाट यदि उनको शान्ति भंग भयो भने या बिरालोले केहि समान फुटायो, झार्यो भने तत्काल उक्त बिरालो मृत्युको मुखमा पुग्थ्यो । तर फाँसी चढ्नुपूर्व बिरालोले चरम यातना भोग्नु उत्तिकै आवश्यक थियो, जति अन्य महिला या पुरुषको हकहितमा पनि लागू हुने गर्दथ्यो ।
यसप्रकार आम मानिस,फरक कबिलाको किशोरीवयका महिलाहरू, दोस्रो पुरुषहरूदेखि बिरालोसम्म कोही पनि सुल्तानको क्रूरताबाट बच्न सकेका थिएनन् । कसैले सुल्तानको आँखामा सिधा हेर्यो भने उसको घांटीमा फाँसीको डोरी झुन्डिने गर्थ्यो । हर व्यक्ति सुल्तानदेखि डराउथे र एक शब्द, एक पाइला र एक औंला पनि हलचल गर्नका लागि पटकपटक सोचविचार गर्दथे ।
Ismail’s Black Guard, made up of captured sub-Saharan slaves, acted as the sultan’s personal bodyguards.
उसो त्, सुल्तान मौलय इस्माइलको क्रूरता हद नाघेको भएता पनि इतिहासकारहरू मोरक्को साम्राज्यलाई बलियो बनाउनुमा इस्माइलको ठूलो मिहेनत रहेको कुरा स्वीकार्दछन् । इस्माइलले मोरक्कोको सीमा बढाए । टर्कीको विशाल फौज उनको समयमा मोरक्को आइपुग्न सकेका थिएनन् । अंग्रेज र युरोपेली शासकहरूविरुद्ध डटेर युद्द लडेनन् मात्रै राज्य पनि विस्तार गरे । इस्माइलले आफ्नो शासनकालमा कयौँ भव्य भवनहरूको निर्माण पनि गरेका थिए ।