काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रामचन्द्र सेढाँर्ई नियुक्त भएका छन् ।
टानको सिइओ छनौट गर्न गठित पदपूर्ति समितिको सिफारिसमा उनी नियुक्त भएका हुन् । टानको कार्यसमितिले आज बुधवारदेखि लागू हुनेगरी सेढाँईलाई करार सेवामा सिइओ नियुक्त गरेको टानले जनाएको छ ।
लामो समय देखि खाली रहेको प्रमुख कार्यकारी अधिकृत पदमा पालुङ्टार-९,गोरखाका सेढाँई छनौट गरिएको हो ।
टानमा रिक्त रहेको यस पदपूर्ति भएपछि टानको हरेक काममा र योजनाहरूमा सहज ढङ्गले कार्यसम्पादन हुने, टानको कार्यालय व्यवस्थापनमा सुदृढीकरण हुने विश्वास लिएको टानले जनाएको छ ।