शनिबार , अषोज ३, २०८३

ठमेल क्षेत्रमा यस्ता गतिविधि गरे कारबाहीमा परिने ! अनुगमन सुरु

image

काठमाडाैं । पर्यटकीय नगरी ठमेललाई व्यवस्थित, सुरक्षित एवम् पर्यटकमैत्री बनाउनका लागि रात्रिकालीन अनुगमन थालिएको छ ।

ठमेल पर्यटन विकास परिषद्, काठमाडौं महानगरपालिका, नगर प्रहरी बल, प्रहरी वृत्त लैनचौर, प्रहरी वृत्त दरबारमार्ग, ट्राफिक प्रहरी ठमेल, पर्यटक प्रहरी ठमेल, स्थानीय घरधनी तथा पर्यटन व्यवसायीहरूको उपस्थितिमा संयुक्त रूपमा अनुगमन थालिएको हो ।

तस्बिर: ठमेल पर्यटन विकास परिषद्काे फेसबुक पेजबाट

ठमेल क्षेत्रमा केही दिनदेखि स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लुटपाट तथा अनैतिक कार्य गर्ने, सडकमा सेकुवा पोली वातावरण प्रदूषित गर्ने, सडक बालबालिका, मगन्ते, ठेलागाडामा सामान बेच्ने, नाङ्लो व्यापारको नाममा अन्य व्यापार गर्ने, जथाभाबी सडकमा पार्किङ गर्ने, केही रेस्टुरेन्ट तथा बारहरूबाट ध्वनि प्रदूषण भएको भन्दै व्यापक गुनासो आएपछि अनुगमन थालिएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

हिजो वैशाख १७ गते राती १० बजे देखि सुरु भएको अनुगमन एक महिनासम्म निरन्तर जारी हुने जनाएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले अनुगमनमा साथ दिन ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीहरू समक्ष अपिल गरेका छन् ।

Tags:

सम्बन्धित समाचार