बिहिबार , जेठ १४, २०८३

विमान दुर्घटना : ठमेल पर्यटन विकास परिषद्ले मैनबत्ती बाली शोक मनाउने

शोक कार्यक्रममा परिषद्ले ठमेलका सम्पूर्ण घरधनि तथा पर्यटन व्यवसायीलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।

image

काठमाडौँ । पोखरामा हिजो आइतबार घटेको विमान दुर्घटनाको दुःखद घटनाप्रति शोक व्यक्त गर्दै ठमेल पर्यटन विकास परिषद्ले मैनबत्ती प्रज्वलन गर्ने भएको छ ।

आज सोमबार परिषदका अध्यक्ष भविश्वर शर्माले यस दुःखद घटनाले सिङ्गो परिषद् स्तब्ध भएको जनाएका छन् । परिषद्ले आफ्नो सामाजिक सञ्जाल, फेसबुकमार्फत् शोक व्यक्त गरी दुर्घटनामा मृत्यु हुनेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, मृतकका शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।

परिषद्ले लेखेको छ, ‘यस दुःखद घटनामा दिवंगत भएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै, शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।’

परिषद्ले आज सोमबार साँझ ५ बजे नरसिंह चोकमा दुर्घटनामा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिका लागि  मैनबत्ती प्रज्वलन गरी शोक मनाउने भएको छ । उक्त शोक कार्यक्रममा परिषद्ले ठमेलका सम्पूर्ण घरधनि तथा पर्यटन व्यवसायीलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।

सम्बन्धित समाचार