बिहिबार , कार्तिक २८, २०८२

मानसिक समस्याका कारण ठमेलवासीलाई दुःख दिने व्यक्तिलाई अध्यागमनमा बुझाइयो 

परिषद्का अनुसार ती व्यक्तिले विगत ६ महिनादेखि पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी, स्थानीयवासी र पर्यटकलाई समेत दुःख दिँदै आएका थिए । 

image

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले विगत ६ महिनादेखि मानसिक सन्तुलन गुमाएर ठमेलका पर्यटन व्यवसायी र घरधनीलाई दुःख दिने एक विदेशी नागरिकलाई स्वदेश पठाउन अध्यागमन विभागमा बुझाएको छ ।

परिषद्का अनुसार उक्त व्यक्ति क्यानडाको मोल्डोभा भन्ने ठाउँका तारस तनसोभ हुन् । परिषद्का अनुसार ती व्यक्तिले विगत ६ महिनादेखि पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी, स्थानीयवासी र पर्यटकलाई समेत दुःख दिँदै आएका थिए ।

पर्यटक प्रहरीको सहयोगमा उक्त व्यक्तिलाई अध्यागमन विभागमा बुझाएको परिषद्ले जनाएको छ ।

तस्बिर। ठमेल पर्यटन विकास परिषद

परिषद्ले भनेको छ, “यस पर्यटकीय ठमेल क्षेत्रमा विगत ६ महिना देखि मानसिक अवस्था ठिक नभए जस्तो देखिने Moldova/Canada देशको Taras Tanasov नाम गरेको नागरिकले बेवारिसे अवस्थामा सडकमा बसी यस क्षेत्रका घरधनी तथा व्यवसायीहरूलाई अनावश्यक दुःख दिने अनैतिक गतिविधि गरी सामाजिक वातावरण बिगारेर समस्या बनाइरहेकोमा आज मिति २०७९ साल पौष २४ गते आइतबार यस परिषद्को विशेष पहल तथा पर्यटक प्रहरीको सहयोगमा कानुनी प्रक्रिया पूरा गरी उहाँको देशमा फिर्ता पठाउनको लागि अध्यागमनमा लगी बुझाइयो । सहयोग गर्नु हुने सबैलाई धन्यवाद ।”

ठमेललाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय नगरीको रुपमा विकास गर्ने लक्ष्यसहित अघि बढीरहेको परिषद्ले ठमेलको पर्यटन प्रवद्र्धन, व्यवस्थापन र ठमेलको सुन्दरता बढाउन थुप्रै कार्यहरू गर्दै आएका छन् ।

ठमेलको पर्यटन प्रवर्द्धन, विकास र व्यवस्थापनमा नेतृत्वदायी भूमिका खेल्दै आएको परिषद्ले अहिले ठमेल क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सम्बन्धित निकायसँगको सहकार्यमा सडक बालबालिकाको व्यवस्थापन, तारको व्यवस्थापनलगायतको काम गर्दै आएको छ । अहिले तारको व्यवस्थापन गर्न दैनिक ५५ जना भन्दा बढीले काम गर्दै आएको छ ।

यस्तै, ठमेललाई सुन्दर बनाउन सडक बत्ती जडान, सिसी क्यामरा जडान, फुटपाथ व्यवस्थापन तथा साइन बोर्डको व्यवस्थापन कार्यलाई पनि अगाडि बढाएको छ । ठमेललाई चौबिसै घण्टा स्वच्छ, शान्त र सुरक्षित बनाउन सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्न सम्बन्धित निकायसँग परामर्श भइरहेको परिषद्ले जनाएको छ ।

आगामी चैतसम्ममा ठमेल क्षेत्रको रूप रङ्ग नै बदलेर नयाँ ढङ्गले पर्यटनको विकास गर्ने परिषद्को उद्देश्य छ । ठमेलको मुहार फेर्ने परिषद्को यस अभियानमा काठमाडौं महानगरपालिका, महानगरको वडा नम्बर २६, नेपाल टेलिकम, विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी, स्थानीय बासिन्दा र पर्यटन व्यवसायीहरूको साथ रहेको जनाएकाे छ ।

सम्बन्धित समाचार