बिहिबार , साउन ३, २०८१

अगस्ट महिनामा नेपाल आए ६७ हजार १५३ पर्यटक

image

काठमाडौं । नेपालमा एकै महिनामा ६७ हजार १५३ जना पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट २०२३ मा सो सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् ।

यस महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिका बाट धेरै पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।

यो महिनामा नेपाल भ्रमण गर्ने भारतीयको सङ्ख्या २६ हजार ६६५ रहेको छ । चीनबाट ५ हजार २७ जना र अमेरिकाबाट ४ हजार ६२९ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

श्रीलङ्काबाट ३ हजार ८५८ जना पर्यटक नेपाल भित्रिदा बङ्गलादेशबाट ३ हजार १९० जनाले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । बेलायतबाट २ हजार ७११ जना पर्यटक नेपाल आएका छन् भने स्पेनबाट १५ सय ८८ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै जापानबाट १५ सय २०, इटालीबाट १४ सय ९६ र अष्ट्रेलियाबाट १३ सय ४७ जनाले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार