सोमबार साँझ ५ः०० बजे ठमेलको नरसिंह चोकमा मृतात्माहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।
काठमाडौं । आइतबार पोखरामा भएको यती एयर विमान दुर्घटनाबाट स्तब्ध पर्यटन क्षेत्रका सङ्घसंस्थाहरूले सामूहिक दीप प्रज्वलन गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा पर्यटन क्षेत्रका थुप्रै सङ्घ संस्थाहरूको सहभागितामा दीप श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
आज सोमबार साँझ ५ः०० बजे ठमेलको नरसिंह चोकमा मृतात्माहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो । श्रद्धाञ्जली सभामा नेपाल पर्यटन बोर्ड, टान, हान, भिटोल नेपाल, एनएमए, सोट्टो, नाट्टा लगायत पर्यटन क्षेत्रका संघसंस्थाहरुको उपस्थिति थियो ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएको थियो । जहाजमा सवार ६८ जना यात्रुसहित चार जना क्रु मेम्बर गरी ७२ जनाको ज्यान गएको छ ।