शुक्रबार , भाद्र २६, २०८३

महानगर र उपमहानगरमा कति थपिए मतदाता ?

देशभरका ६ महानगरमा अघिल्लो पटकको तुलनामा यसपटक कुल १ लाख ४१ हजार ५५० जना मतदाता थपिएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा कुल मतदाताको संख्या ९ लाख ३२ हजार ८३५ थियो भने हाल त्यो संख्या बढेर १० लाख ७४ हजार ३८५ पुगेको छ ।

image

काठमाडौं  । वैशाख ३० गते शुक्रबार देशभरका ७५३ स्थानीय तहमा जनप्रतिनिधि छान्न चुनाव हुँदै छ । चुनाव हुन केही दिनमात्रै बाँकी रहेको अवस्थामा राजनीतिक दलदेखि जनप्रतिनिधिको पदमा उम्मेदवार रहेका सबै चुनावको प्रचार पसारमा व्यस्त देखिएका छन् ।

यसअघि २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट छानिएका जनप्रतिनिधिहरुले पाँच वर्षे कार्यकाल पुरा गर्दैछन् । जससँगै स्थानीयमा वैशाख ३० मा हुने निर्वाचनमार्फत छानिएका जनप्रतिनिधिहरु आउनेछन् ।

निर्वाचन आयोगकाअनुसार यसपटक देशमा मतदाताको संख्यामा ३७ लाख संख्या थपिएको छ । अघिल्लो स्थानीय तहको चुनावमा देशभरबाट १८ वर्षमाथि रहेका मतदाता नामावलीमा नाम भएका १ करोड ४० लाख मतदाता थिए । यसपटक त्यो संख्या १ करोड ७७ लाख पुगेको छ । जसमध्ये देशभरका विभिन्न महानगर १ लाख ४१ हजार ५५० र उपमहानगरमा मात्रै २ लाख ८० हजार ७८७ जना नयाँ मतदाता थपिएका छन् ।

महानगरमा कति थपिए मतदाता?

देशभरका ६ महानगरमा अघिल्लो पटकको तुलनामा यसपटक कुल १ लाख ४१ हजार ५५० जना मतदाता थपिएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा कुल मतदाताको संख्या ९ लाख ३२ हजार ८३५ थियो भने हाल त्यो संख्या बढेर १० लाख ७४ हजार ३८५ पुगेको छ ।

मतदाताको संख्या सबैभन्दा धेरै थपिनेमा पोखरा महानगरपालकिा रहेको छ । पोखरामा अघिल्लो पटक २०७४ को स्थानीय तह निर्वाचनमा मतदाता नामावलीमा नाम भएकाहरुको संख्या १ लाख ६८ हजार ६८ जना थियो । हाल १८ वर्ष पुरा भएका मतदाथताको संख्यामा ३९ हजार ६४४ जना थपिएका छन् । हाल पोखरामा मतदाताको संख्या २ लाख ७ हजार ७१२ रहेको छ ।

त्यस्तै, सर्वाधिक मतदाता थपिएकाहरुको दोस्रो नम्बरमा भरतपुर महानगरपालिका रहेको छ । मरतपुरमा यसपटक १ लाख ८५ हजार ७५२ जना मतदाता रहेका छन् । अघिल्लो पटक यो संख्या १ लाख ५० हजार २७३ रहेको थियो । भरतपुरमा विगत पाँच वर्षमा थपिएका मतदाताहरुको संख्या भने ३५ हजार ४७९ रहेको छ ।

त्यस्तै, काठमाडौं महानगरपालिकामा २० हजार ९३३ जना मतदाता थपिएका छन् । काठमाडौंमा अघिल्लो पटक २ लाख ७९ हजार ३०९ जना मतदाता रहेकोमा थप २० हजा । ९३३ जना थपिएर कुल मतदाताको संख्या ३ लाख २४२ पुगेको छ ।

प्रदेश १ को महानगरपालिका बिराटनगरमा अघिल्लो पटक १ लाख १३ हजार ७६१ मतदाता थिए । यो संख्यामा यसपटक थप १९ हजार ३८१ जना मतदाता थपिएका छन् । २०७४ को मतदाताको संख्याम थप १९ हजार ३८१ जना मतदाता थपिएसँगै यसपटकको स्थानीय तह निर्वाचनमा मतदाताको संख्या १ लाख ३३ हजार १४२ पुगेको छ ।

यता विरगञ्ज महानगरपालिकामा पनि सर्वाधिक संख्यामा मतदाताहरु थपिएका छन् । विरगञ्जमा यसपटक १६ हजार १४६ जना मतदाताहरु थपिएका छन् ।

विरगञ्ज महानगरपालिकामा अघिल्लो पटक २०७४ को स्थानीय तहको निर्वाचनमा १ लाख ८ हजार ५०१ जना मतदाता थिए । यसपटक उक्त संख्यामा थप १६ हजार १४६ जना थपिएका छन् । योसँगै अहिले विरगञ्जमा मतदाताको सख्या १ लाख २४ हजार ६४७ पुगेको छ ।

सबैभन्दा कम संख्यामा मतदाताको संख्यामा बृद्धि भने ललितपुर महानगरपालिकामा भएको छ । काठमाडौं उपत्यकाभित्रको यो महानगरपालिकामा अघिल्लो पटकको मतदाताको संख्यामा थप ९ हजार ९६७ जना मात्रै थपिएका छन् ।

ललितपुरमा २०७४ को स्थानीय तहको निर्वाचनमा कुल १ लाख १२ हजार ९२३ जना मतदाताहरु थिए । यसपटक यो संख्यामा थप ९ हजार ९६७ मतदाता थपिएर कुल मतदाताहरुको संख्या १ लाख २२ हजार ८९० पुगेको छ ।

११ उपमहानगरमा करिब ३ लाख थपिए मतदाता

महानगरपालिकाको तुलनामा उपमहानगरपालिकाहरुमा थपिएका मतदाताको संख्या धेरै छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा भन्दा यसपटक उपमहानगरपालिकाहरुमा कुल २ लाख ८० हजार ७८७ जना मतदाताहरु थपिएका छन् । अघिल्लो पटक ७ लाख ४१ हजार ४३९ मतदाता रहेकोमा अहिले देशभरका उपमहानगरपालिकाहरुमा मतदाताको संख्या १० लाख २२ हजार २२६ पुगेको छ ।

सर्वाधिक संख्यामा मतदाताको संख्या बृद्धि हुने उपमहानगरपालिकाहरुमा प्रदेश १ का दुई उपमहानगरपालिकाहरु रहेका छन् । प्रदेश १ को इटहरीमा अघिल्लो पटकको भन्दा ४७ हजार १५० मतदाता थपिएका छन् भने धरानमा अघिल्लो पटकको भन्दा ४६ हजार ५१२ मतदाता थपिएका छन् ।

इटहरी उपमहानगरपालिकामा अघिल्लो पटक ५७ हजार ४७६ मतदाताहरु थिए । अहिले त्यो संख्या बढेर १ लाख ४ हजार ६२६ पुगेको छ । त्यस्तै, धरान उपमहानगरपालिकामा अघिल्लो पटक ५३ हजार ८१२ मतदाता भएकोमा अहिले त्यो संख्या बढेर १ लाख ३२४ पुगेको छ ।

त्यस्तै, जनपुरमा २०७४ को स्थानीय तहको चुनावको तुलनामा थप ११ हजार १७५ मतदाताहरु थपिएका छन् । जनकपुरमा २०७४ को स्थानीय तहको निर्वाचनमा कुल मतदाताहरुको संख्या ७५ हजार ५९४ थियो । अहिले त्यो संख्यामा बृद्धि भएर कुल ८६ हजार ७६९ पुगेको छ ।

कलैया उपमहानगरपालिकामा पनि १३ जार ८६६ मतदाताहरु थपिएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा ५३ हजार ४९० मतदाता रहेको कलैयामा अहिले ७ हजार ३५६ मतदाताहरु रहेका छन् ।

यता जितपुरमा अघिल्लो स्थानीय तहको निर्वाचनमा ५६ हजार ६६० मतदाताहरु थिए । हाल त्यो संख्यामा थप १३ हजार ४०४ जना मतदाताहरु थपिएका छन् । थपिएका मतदातासँगै यसपटकको स्थानीय तहमा जितपुरमा मतदाताहरुको संख्या ७० हजार ६४ पुगेको छ ।

बागमती प्रदेशको हेटौंडा उपमहानगरपालिकामा पनि यस पटकको स्थानीय तहको निर्वाचन २३ हजार ८७६ मतदाता थपिएका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा ८३ हजार ५९७ मतदाता रहेको हेटौंडा उपमहानगरपालिकामा १ लाख ४ हजार ४७३ मतदाता रहेका छन् ।

लुम्बिनी प्रदेशस्थित बुटवल उपमहानगरमा पनि यसपटक मतदाताको संख्या बढेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा ६६ हजार ६६३ मतदाता रहेको बुटवलमा यसपटक २३ हजार ४०२ जना मतदाता थपिएका छन् । यसपटक बुटवल उपमहानगरपालिकामा मतदाताको संख्या ९० हजार ६५ पुगेको छ ।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिकामा २०७४ स्थानीय तहको निर्वाचनमा ७६ हजार ८९३ मतदाता रहेकोमा यसपटक थप ३० हजार ७८४ मतदाता थपिएका छन् । यसपटकको स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा कुल मतदाताको संख्या १ लाख ७ हजार ६७७ रहेको छ ।

घोराही उपमहानगरपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनको तुलनामा यसपटक ३४ हजार ५०० मतदाता थपिएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा घोराहीमा कुल ७८ हजार ४२७ मतदाता थिए । यसपटक त्यो संख्या १ लाख १२ हजार ९२७ पुगेको छ ।

त्यस्तै, नेपालगञ्ज उपमहानगरपालिकामा थपिएका मतदाताको संख्या १९ हजार ३९७ रहेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा कुल मतदाताको संख्या ६२ हजार ३९७ थियो । हाल त्यो संख्या बढेर ८१ हजार ७९४ पुगेको छ ।

यता धनगढी उपमहानगरपालिका २०७४ को स्थानीय तहको निर्वाचनमा रहेका ७६ हजार ४३० मतदाताहरुमा थप १६ हजार ७२१ मतदाता थपिएका छन् । यसपटकको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा कुल मतदाताको संख्या ९३ हजार १५१ रहेको छ ।

महानगर र उपमहनगरमा कुल थपिएका नयाँ मतदाताहरुले यसपटकको निर्वाचनमा ठूलो भूूमिका खेल्ने देखिन्छ । २०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा पाँच वर्षमा मतदाताको संख्यामा भएको बृद्धिले अहिलेको निर्वाचनको नजितालाई उल्लेखनिय मात्रामा प्रभावित पार्न सक्छन् ।

Tags:

सम्बन्धित समाचार