बिहिबार , बैसाख २४, २०८३

मानसिक सन्तुलन गुमेको व्यक्ति विद्युतको तारमा हिँड्न थालेपछि…

image

काठमाडौं । नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन् । शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन् ।

ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए । उनी विद्युतीय तारमा पनि हिँडिरहेका छन् ।

उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन् । ‘केही घण्टा भयो, उहाँ पोलमा चढ्नुभएको। प्रहरीले उहाँलाई झर्नको लागि फकाइरहनु भएको छ,’ खड्काले भने ।

उनका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ । स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थियो । उनलाई अहिले पोलबाट झर्ने प्रयास भइरहेको छ ।

Tags:

सम्बन्धित समाचार