भोटो देखाउने जात्रा हेर्न स्वर्गीय राजा वीरेन्द्रसँगै युवराज दीपेन्द्र पनि सवार थिए । रथमा थिइन्, ३८ वर्षीया जीवित कुमारी धनकुमारी बज्राचार्य ।
– केदार सिटौला
२०४७ साल । भोटो देखाउने जात्रा हेर्न स्वर्गीय राजा वीरेन्द्रसँगै युवराज दीपेन्द्र पनि सवार थिए ।
रथमा थिइन्, ३८ वर्षीया जीवित कुमारी धनकुमारी बज्राचार्य ।
धनकुमारीलाई देख्नेबितिकै दीपेन्द्रले ‘यति ठूली केटी पनि कुमारी हुन्छ र ?’ भन्ने प्रश्न गरेका थिए ।
सामान्यतः सानी उमेरकी कुमारी देखिरहेका दीपेन्द्रले ‘ठूली’ कुमारी देखेर प्रश्न उठाउनु स्वाभाविक थियो । त्यसपछि दीपेन्द्रले कुमारीबारे छानबिन समिति नै गठन गरे आफ्नै नेतृत्वमा ।
महिनावारी नभइन्जेल कुमारीका रूपमा कुमारीघरमा रहने पाउने कुमारी प्रथा छ । तर, धनकुमारी भने ३८ वर्षको उमेरसम्ममा पनि महिनावारी भइनन् । छानबिन समितिले धनकुमारीको शारीरिक अवस्था जाँच गर्यो । सम्पूर्ण चेकअपपछि पनि कुमारीको शरीरमा कुनै दोष भेटिएन, सबै ठीकठाक थियो ।
उनले भनिन्, ‘तिमीलाई जे हुकुम भएको हो त्यही गर, यसमा तिम्रो केही दोष हुनेछैन ।’ त्यसपछि धनकुमारी आफैँ कुमारीघरबाट हटिदिइन् र कुमारीले गर्ने सम्पूर्ण नियम पालन गरी आफ्नै घरमा कुमारीका रूपमा बस्न थालिन् !
अहिले उनी ७१ वर्षको उमेरमा पनि कुमारी नै छिन !