hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş almanya vize meybet meybet giriş meybet güncel giriş meybet mobil italya vize casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş idata kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş

शुक्रबार , फागुण २२, २०८२

जीवनमा एकपटक पुग्नै पर्ने गन्तव्य हो, लाङटाङ

पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्नु पनि भएकोले असहजताको बिचमा पनि पदयात्राको लागि जान तयार भए ।

image

केही दिनको लामो बिदा भयो की पदयात्रामा निस्कीहाल्ने हाम्रो टिमको बानी थियो बिश्व हेर्न नपाएपनि आफ्नो देश त घुम्नै पर्छ भन्ने सोच सानैदेखि थियो । हुन् त बिश्वका एक दर्जन बढी देशको भ्रमण गरेको छु तर शहरीक्षेत्रमा मात्रै । आफ्नै देशको मनाङ्ग मुस्ताङ्ग घुमेपछि भने मलाई कम्तीमा बर्षको एकपटक आफ्नै देशको नयाँ ठाउँ घुम्ने हुटहुटि लाग्थ्यो त्यसैले लामो बिदा या चार्डबर्वको समयममा कतै घुमौ भन्ने योजना मनमनै बनाउँदै थिए ।

तिहारको टिका सकिएसँगै घरमा एक्लै बसिरहको थिए बिबेक भान्जाको फोन आयो, ‘मामा लाङटाङ पदयात्रामा जाने ?’

मैले ‘नजाने केही तयारी छैन भने’ ।

भान्जाले ‘केही तयारी चाहिँदैन जुत्ता लुगा भए भइहाल्छ’ भने ।

मैले ‘जुत्ता छैन’ भनेपछि अहिले पदयात्रालाई लक्षीत गरेर गोल्डस्टार कम्पनीले नयाँ जुत्ता बजारमा ल्याएको छ सस्तो पनि छ त्यो भए हुन्छ भने राती अबेर भईसकेको थियो । गोल्डस्टारको सोरुममा फोन गरियो खुल्ला रहेछ त्यसपछि रु २३०० मा जुत्ता किनेर इसेवा मार्फत रसुवाको स्याप्रुबेसी सम्मको बस टिकट काटर कार्तिक १९ गते बिहान लाङटाङ पदयात्रामा जाने कुरा भयो । घरमा कसैलाई भनेको थिइन घरबाट सजिलै अनुमति पाएपछि अरु के नै चाहियो र ।

विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ । नेपालको पदयात्रा मार्गमा यो तेस्रो पदयात्रा गन्तव्यका रूपमा चिनिएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना गरिएको हो । १,७१० वर्ग किमि क्षेत्रमा फैलिएको छ भने ४१० वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा समेटिएको छ । ४६ प्रजातिका स्तनधारी, ३ सय १५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा र ५८ प्रजातिका पुतलीलगायत हजारभन्दा बढी प्रजातिका वनस्पति पाइन्छ । विश्वमै दुर्लभ रेडपाण्डा, हिमचितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लंगुर, आसामी बाँदर, सेता बाँदर, झारल, घोरल, कस्तुरी मृगलगायत वन्यजन्तु पाइन्छन् त्यसकारण पनि ति सबैको अवलोकलन वन्यजन्तु र वातावरणबारे जानकारी पाउने उदेश्यले मन प्रफुल्ति भएको थियो ।

पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्न बिबेक भान्जा सहित हामी ४ जनाको टोली गाडी धादिङको गल्छी भएर अगाडि बढ्यौं । यात्राको क्रममा बाटो कतै ढलान, कतै कच्ची, कतै पक्की ।  तन मन सिरिङ्ग हुने बाटो । काठमाडौंबाट हिँडेको करिब ६ घण्टामा धुन्चे (१९६० मि) पुग्यौं । धुन्चेबाट करिब सवा घन्टामा हामी स्याप्रुबेसी (१५०३ मि) पुग्यौं । पानि परिरहेकोले प्लास्टीकको छाता ओडेर स्याप्रुबेसीमा डुनट र चिया खाएर हिड्यौं, बाटोमा लाङटाङ खोला जलविद्युत आयोजना ले २० मेगाबाटको बिद्युतको लागि बाटो बनाएको रहेछ मोटरबाटो भएपनि मोटरचाँहि नचल्ने आयोजनाका गाडिहरु मात्र चल्ने रहेछन् बास बस्न  हामीलाई ‘ब्याम्वो’ पुग्नु थियो, त्यसैले स्याप्रुबेसीमा कत्ति पनि अलमल गरेनौं । लाङटाङ खोलाको पुल तरेर अगाडि बढ्यौं ।

लाङटाङ खोलासँगै बाटो हिँड्छ, बाटोसँगै खोला, हामी उसैलाई पछ्याउँदै, उसकै संगीत सुन्दै हिँड्छौं। बुद्धमन्त्र लेखिएका लुङता फहराइरहेको पहिरो भन्ने ठाउँमा पुग्यौं । पहिरोमा जाँदा–आउँदा पदयात्रीहरू तथा सहयोगीहरू सुस्ताउने र चिया खाजा खाना खाने ठाउँ रहेछ । हाइड्रोपावर कटेपछि होटलका आँगन हुँदै हामी चरक्क चर्केको घामसँगै सुनका धर्काधर्की र चाँदीले लेपन गरेका बाटाभरिका ढुंगामा आफ्ना पैताला राख्दै वनैवनको बाटो ब्याम्बो (१९७० मि) पुग्यौं ।

यो क्षेत्र रेड पाण्डाको बासस्थान पनि रहेछ । यहाँ तीन वटा होटल थिए शेर्पा, ब्याम्बो र टिवेटन । हामी टिवेटन र बितायौं यही होटलमा खाना र बाँस बस्यौं । बिजुली बत्ती छैन, सोलारको धिपिधिपी उज्यालोमा बस्न परेको छ । स्याप्रुबाट यत्ति नजिक पनि सञ्चार सुविधा टेलिफोन सेवा छैन । टावरै देखाउँदैन, डाटा चल्दैन । मोबाइल चार्ज गर्न कठिन छ । तै होटलको साहुजीलाई अनुरोध गरेर वाइफाइ चाहिँ चलाउने सुविधा पाएर घरपरिवारसँग कुराकानी भयो । राम्चे (२२२३ मिटर) भीरको एउटा ढुङ्गामा टाँगिएको फोटो देखेर हाम्रा हिँडाइ टक्क रोकियौ फोटोले २०७२ सालको महाभूकम्पको त्रासदी सम्झायो । लाङटाङ पदयात्रामा निस्केका इजरायली युवाको भूकम्पसँगै ओइरिएको पहिरोमा ढुङ्गाले किचेर यहीँ मृत्यु भएको रहेछ । उनकै सम्झनामा सो फोटो राखिएको रहेछ ।

ठाउँठाउँमा भेट्टाइने पहेंलपुर ऐंसलुको स्वाद लिँदै अघि बढ्छौ । दुइटा डाँडाका बीचमा अलिकति आफ्नो अनुहार देखाएर मुसुक्क हाँसेको ‘चदाङ पिक’ देख्दा रमायौं । झण्डै ३ घण्टाको हिँडाइ पछि हामी ब्याम्बोबाट लामा होटल (२४१०मि) पुग्यौं। यहाँ १०/१२ वटा होटल रहेछन् । पहिले लामा भन्ने व्यक्तिले यता चौंरी पालेर खर्क बनाएर होटल चलाएकाले यस ठाउँलाई उनकै सम्झनामा ‘लामा होटल’ भनिएको रहेछ । त्यसबाट पनि हामी अगाठि बढ्यौं रिभर साइड (२७६९ मि.) पुगेर खाना खायौं ।

अघाएको पेट बोकेर हिँड्दाँ हामी घोडा तवेला पुगियो केही समय आराम गरेपछि हामी अगाडि बढ्यौं झोलामा दिदीले हालीदिएको भाईमसला खाँदै हाम्रो यात्रा अगाढि बढ्याे ।  ठाडै उकालो आयो, गलेको जिउलाई झन् गलायो । उकाली ओराली गर्दै थाङसाप भिलेज ( ३२०० मि) पुग्यौं । यहाँ २/३ वटा होटल रहेछन् । हामी टिब्बत होटलमा बास बस्यौ । भोलीपल्टको ब्रेकफास्टपछि फेरी हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो । चिसो सिरेटो चल्न सुरू गर्यो । लाङटाङ पुग्नु अघि म त बेस्सरी थाकें, हिड्नै गार्हो हुन थाल्याे । मलाई चिसोले समातेको रहेछ । डाँडामा रहेको होटलवालाले टोपी लाउन, लुगा थप्न सल्लाह दिए । मैले चिसिएको जिउमा लुगा थपेँ, ज्याकेट लाएँ । त्सपछि अलि आरामको महसुस भयो । त्यहीबेला ‘इनर्जी जुस पनि खाए एक गिलास जुसको ३ सय रुपैँयाका पर्दोरहेछ ।  लाङटाङ पुग्नु अघिको एउटा बस्ती ढुङ्गै ढुङ्गाले पुरिएको रहेछ २०७२ सालको भुकम्पको क्षती रहेछ त्यो । भूकम्पसँगै आएको ठूलो हिउँ पहिरोले सिजनको बेला भएकाले धेरै जनधनको नोक्सानी भएको रहेछ । लामो यात्रापछि लाङटाङ भिलेज (३४७५ मि)पुग्यौं ।

विशेष खालको फलामे चिम्नी चुल्होमा दाउरा हालेर आगो सल्काएपछि कोठा रनक्क तात्यो । त्यसकै वरिपरि बसेर तातो भात खायौं । तरकारी भने जुन होटलमा पनि आलुकै पाइने वन साग अलिअलि मिसाएको र स्कुसको तरकारी मात्रै पाइने । सबै होटलमा सुकेको याक चौंरीको मासु मात्र पाइने रहेछ ।

यात्रामा भेटिएका सबैले बोन पो धर्म मान्ने यताकाले आफ्नो डाइनिङ हलको एउटा छेउमा बुद्धधर्म अनुसारको मन्दिर स्थापना गरेका हुँदा रहेछन्। सबै ठाउँमा दलाई लामाको फोटो पनि देखिन्थे । क्यानजिन गुम्पा (३८५० मि.) तिर निरन्तर अगाडि बढ्यौं । खुट्टा दुखेर हिँड्न नसक्ने अवस्था थियो तथापी बिस्तारै यात्रालाई निरन्तरता दिइरहयौँ ।  बाटामा पानीबाट चलाइएको माने, छोर्तेन, लुङदार र साना गुम्बा देख्दा मनै आनन्दीत भयो ।

ढुङ्गैढुङ्गाको अजङ्गका भिराला पहाड, ढुङ्गाकै लामा लामा छोर्तेनहरू, ढुङ्गै छापेका बाटाहरू, ढुङ्गैले ठडिएका घर र गुम्बाहरू र बाटाभरि फुलेका फूलहरूले हाम्रो मन प्रफुल्लित थियो । लाङटाङ र क्यानजिनको बीचमा पर्ने दुई वटा मुन्दुम (३२१३ मि) र सिन्दुम (३५५५ मि) लुङता फहराइ रहेका भ्याली काटेर सानो उकालो चढ्ने बित्तिकै क्यानजिनका होटलहरू र छेउका चौंरी खर्क छयाङ्ग देखिए ।

यसरी लाङटाङको यात्रा सफलता पूर्व पुरा गरी क्यानजिनबाट हामी एकै दिनमा स्याप्रुबेसी पुग्न सक्दैन्थ्यौं । बीचमा कहीँ न कहीँ बास बस्नै पर्ने थियो । हिजो अस्ति हिँडेका बाटाहरूसँग फेरि पिरति गाँस्दै लामा होटलमै बास बसियो । लामा होटलबाट हिँडेर बाटा, जङ्गल र लाङटाङ खोलासँग अन्तरङ्ग गर्दै स्याप्रुबेसी आइपुग्यौँ । स्याफ्रु बजार घुम्यौँ । अविस्मरणीय लाङटाङ, क्यानजिन भ्याली र क्यानजिन रिको सम्झना बोकेर आठौँ दिनको दिन काठमाडौं आई पुग्यौँ । लाङटाङ पदयात्रामा बाटाभरी कहिले इजरायली, कहिले क्यानेडियन, न्युजिल्याण्डवासी, जापानी, भारतीय र इन्डोनेसियन, अझ बढी त इटालियन, कोरियन कोही एकल, कोही जोडी, कोही गाइड र सहयोगीका हिडीरहेका भेटिन्थे । म सबैजसोलाई दुई हात जोडेर नमस्ते भन्थें। मुसुक्क हाँसेर उनीहरू पनि नमस्ते भन्थे। दुःख त भयो, गाह्रो त भयो तर घरै बसेको भए यो भूस्वर्ग, यो हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू–बनोट, कहाँ देखिनु र कहा भोग्न पाउनु बाटो सम्झिदा कष्टकर लागेपनि यात्राको क्रममा नयाँ कुरा देख्न भोग्न र सिक्न पाउने हुनाले यात्रा सकिने बितिकै मान्छेले आन्नदको अनुभूति गर्छ जीवनमा एकपटक यात्रा गर्ने पर्ने गन्तब्य हो लाङटाङ ।

बिष्णु गिरी ‘निश्चल’

सम्बन्धित समाचार