मंगलबार , भाद्र ३०, २०८३

११ महिनापछि काठमाडाैंका धारामा मेलम्चीको पानी

image

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट काठमाडौं उपत्यकामा वितरण शुरू भएको छ। खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो।

गतवर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो । ११ महिनापछि पुन पानी आएको छ ।

सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएको हो।

अन्य केन्द्रहरूबाट पनि पानी वितरण गर्ने भएको छ ।

सम्बन्धित समाचार