hacklink betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş matadorbet matadorbet giriş matadorbet güncel giriş matadobet güncel vevobahis vevobahis giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş dedebet dedebet giriş dedebet güncel dedebet güncel giriş piabellecasino piabellecasino giriş piabellecasino güncel piabellecasino güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş polobet polobet giriş polobet güncel giriş polobet güncel vidobet vidobet giriş vidobet güncel vidoebet güncel giriş vidobet vidobet giriş vidobet güncel vidoebet güncel giriş kingbetting kingbetting giriş kingbetting güncel kingbetting güncel giriş meritbet meritbet giriş meritbet güncel meritbet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meritbet meritbet giriş meritbet güncel meritbet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş polobet polobet giriş polobet güncel polobet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş betmoney betmoney giriş betmoney güncel betmoney güncel giriş realbahis realbahis giriş realbahis güncel realbahis güncel giriş holiganbet holiganbet giriş holiganbet güncel holiganbet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil piabet piabet giriş piabet güncel giriş piabet mobil vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal mobil tlcasino tlcasino giriş tlcasino mobil tlcasino güncel portobet portobet giriş portobet güncel giriş portobet mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş meritking meritking giriş meritking güncel meritking güncel giriş meritking adres galabet galabet giriş galabet güncel giriş galabet güncel galabet mobil vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş pulibet pulibet giriş pulibet güncel giriş pulibet güncel betebet betebet giriş betebet güncel giriş betebet mobil tlcasino tlcasino giriş tlcasino güncel giriş tlcasino mobil interbahis interbahis giriş interbahis mobil interbahis güncel giriş

बिहिबार , फागुण २८, २०८२

नेपालीले आतिथ्य संस्कार गुमाए …

image

चार हातपाउबाट दुई खुट्टामा उभिएपश्चात् नै मानिसले लामा दूरीका यात्राहरू आरम्भ गर्‍यो । गाँस, बाँस, कपासको यात्रासँगै उसले समाज बसायो । सामाजिक अन्तरघुलनका क्रममा उसले एक ठाउँबाट अर्को ठाउँ जाने, चाहर्ने गर्न थाल्यो । यसैलाई पर्यटनको प्रस्थानविन्दु मान्न सकिएला, भलै त्यो कूटनैतिक, राजनैतिक या व्यापारिक लगायतका कारणहरू नै किन नहुन् ?

कालक्रममा प्राकृतिक दृश्य रसपान गर्न, धार्मिक एवम् सांस्कृतिक रङ्गमा रङ्गिन एक देशको मान्छे अर्को देश या पल्लो भूगोलको मान्छे उपल्लो भूगोल चहार्न थाल्यो । यात्राको दौरान विभिन्न गाउँ, सहर, धर्मशाला, पाटीपौवा, चौतारा निर्माण भई प्रयोगमा आउन थाले । देश-भूगोलअनुरूपका गतिविधिहरूसँग पारस्परिक सबन्धहरू अघि बढे ।

नेपाल पनि यी सबबाट अछुतो छैन । करिब १६ सय वर्षअघि चिनियाँ महान् भिक्षु फा सियान र नेपाली महान् भिक्षु बुद्धभद्रले एकअर्काको देशमा भ्रमण गरेका थिए र संयुक्त रूपमा बौद्ध धर्मका शास्त्रपदहरू अनुवाद गरेका इतिहास पाइन्छ । संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार चौथो शताब्दीको अन्त्यतिर र पाँचौँ शताब्दीको सुरुवातमा चिनियाँ यात्री फाहियान नेपाल आएका थिए । यसलाई आधार मान्दा नेपालका मान्छे अन्यत्र जाने र अन्यत्रका मान्छे नेपाल आउने क्रम निकै पुरानो हो । यसपछि विभिन्न समयमा विभिन्न प्रयोजनसहित विभिन्न भ्रमणहरू भए, त्यसले नेपालको पर्यटकीय सम्भावना विश्वमाझ लग्यो ।

पूर्वीय संस्कृतिमा भिजेको नेपालले ‘अतिथि देव: भव’ यानिकी ‘अतिथिहरू भगवान् हुन्’ भन्ने भावलाई आत्मसात् गर्दछ, जो पश्चिमा मुलुकहरूमा कम देख्न पाइन्छ । बाहिरका मान्छे नेपाल किन आउँछन् भन्ने कुरालाई ख्याल राख्दा, क्रमशः आतिथ्य, हिमाल र प्राकृतिक सौन्दर्ययता रहने पर्यटन जानकारहरू बताउँछन् । नेपालमा गुणात्मक र सङ्ख्यात्मक पर्यटकको आगमन बढाउन आतिथ्ययताको प्रमुख भूमिका रहेको उनीहरूको मत छ ।

पाहुनाहरू देख्नासाथ नमस्ते गर्ने हातहरू कम भइरहेका छन् । निर्दोष मुस्कान बोक्ने ओठहरूमा रुखोपन छाउन थालेको छ । विभिन्न कारणले नेपाल घुम्न आएका पाहुनाहरूको खिल्ली उडाउने, असहयोग गर्ने प्रवृत्ति बढ्न थालेको छ । यति मात्र होइन, असभ्य तरिकाको व्यवहार गर्ने, अप्ठ्यारोमा परेका पर्यटकको सहयोग गर्नुको साटो भिडियो बनाएर बस्ने प्रवृत्तिसमेत नेपालीहरूमा देखिन थालेको छ । पर्यटकलाई ठग्ने, दुर्व्यवहार गर्ने घटनाहरू पनि सतहमा आइरहेका छन् ।

७० को दशकपश्चात् नेपाली पर्यटनमा आतिथ्ययताको सत्कार क्रमशः ओरालो लाग्दै गएको महसुस गर्छन् नेपाल एसोसिएसन अफ र्याफ्टिङका अध्यक्ष शिव अधिकारी । नदी सभ्यता जोगाउन पहलकदमी गरिरहेका अधिकारी जलपर्यटन खस्किनुमा नदी दोहन अलावा आतिथ्य संस्कारमा आएको कमी पनि प्रमुख तत्त्व रहेको बताउँछन् ।

“घरमा पाहुना आउनासाथ पानी, चिया या भौगोलिक तथा सांस्कृतिक हिसाबले उपलब्ध पेय पस्किन्थ्यो । मिठो बोली, सरल व्यवहार र सुन्दर आतिथ्य पस्कि नेपाललाई एक सुन्दर पर्यटकीय स्थलको रूपमा परिचित गराउँथ्यो, तर पछिल्ला वर्षहरूमा ‘अतिथि देवो भव:’को भावमा सङ्कुचन आएको छ”, उनी भन्छन् ।

लामो समयदेखि पर्यटन व्यवसाय सम्हालिरहेका दीपक अर्याल (बि ट्रेकिङ नेपाल प्रा.ली.) नेपालीपनसहितको नेपाल यात्रा गर्न विदेशीहरू नेपाल आउने बताउँछन् । “धार्मिक, सांस्कृतिक, साहसिक, खाद्य तथा प्राकृतिक रूपमा छिमेकी देश भारत हामीभन्दा निकै धनी छ तर, भारत घुमिसकेर पनि उनीहरू नेपाल किन आउँछन् ? किन आउँछन् भने उनीहरूलाई नेपालीहरूले प्रदान गर्ने विशेष सत्कार महसुस गर्न चाहन्छन्”, अर्याल भन्छन् । नेपालको मौलिक आतिथ्य (हस्पिटालिटी) र पहिचानलाई पुनर्जीवित गर्न आवश्यक रहेको अर्याल बताउँछन् ।

बि ट्रेकिङ नेपाल प्रा.ली.का दीपक अर्याल (बीच)

पर्यटन विज्ञ सुनिल ताण्डुल्करले प्रविधिमय अहिलेको समयमा मानिसहरू पैसामुखी हुँदै गएको र यसले सेवा तथा आतिथ्यको भावलाई नाश गर्दै लागेको बताए । उनी भन्छन् ‘नयाँ पीढीले आफ्नो फाइदा मात्र हेर्न थालेका छन् र आतिथ्यलाई भुल्दै गएका छन् । जसले गर्दा अन्तर्राष्ट्रिय स्तरमा हाम्रो छवि ओरालो लाग्दै गएको छ ।” उनी विगत ३० वर्षदेखि निकुञ्ज एवम् हिमाल पर्यटनमा सेवा दिँदै आइरहेका छन् ।

नेपाल भ्रमणमा आउने पर्यटकलाई सहज वातावरण प्रदान गर्न र विशेष आतिथ्यको महसुस गराउन सर्वसाधारणहरूले पनि सहयोग गर्नुपर्ने ताण्डुल्करको मत रहेको छ । हिमाली क्षेत्रमा बिरामी परेका पर्यटकलाई पहिला उद्धार गर्न छोडेर ऊबाट आर्थिक लाभ लिन तल्लीन हुने प्रवृत्ति जस्ता कार्यले नेपाली पर्यटन ध्वस्त बनाउँदै लगेकोमा उनी चिन्ता व्यक्त गर्छन् ।

वर्ण तथा भूगोलको हिसाबले पर्यटकलाई गरिने फरक व्यवहारमा पनि सुधार ल्याउनु पर्ने आवश्यक रहेको फोटो पत्रकार आरके अदीप्त गिरि बताउँछन् । “जातिगत विभाजनमा फसेको नेपाली समाजले रंगविभेद छाडेको छैन । मूलतः हामीकहाँ काला वर्णका पर्यटक कम आउँछन्, आएका पनि विभेदमा पर्छन्”, उनी भन्छन् ।

एक्लै घुम्न आएका पर्यटकलाई बेवास्ता गर्ने परिपाटी मौलाएको भन्दै उनले चिन्ता व्यक्त गरे । एक्लै घुम्न आएका पर्यटकको खबर राख्ने या ऊ बिरामी भएको खण्डमा नजिकैको चौकी या संस्थामा खबर गर्ने आदि जिम्मेवारी सर्वसाधारणले पनि निभाउन सक्ने उनको धारणा छ । गिरि विदेशीलाई देखाउन मात्रै नभई नेपालको सामाजिक विकासकै लागि पनि आतिथ्ययता अत्यत्न महत्त्वपूर्ण रहेको बताउँछन् ।

पर्यटकहरूसँग ‘टिम्स’ बापत लिएको रकम टुरिजम बोर्डको कर्मचारी पाल्न मात्र नभएर पर्यटकको उद्धार, सहयोग तथा सहुलियतका लागि पनि रहेको माउन्टेन वर्ल्ड ट्रेकका निर्देशक शालिकराम अर्याल बताउँछन् । “फरक आर्थिक अवस्था भएका पर्यटकहरू र एक्लै नेपाल भ्रमणमा निस्किएका पर्यटकलाई पनि नेपालको विशेष आतिथ्य प्रदान गरिनुपर्छ”, उनी भन्छन् । ‘योग्यता अनुसारको काम, काम अनुसारको दाम’ भन्ने जुन समाजवादी अवधारणा छ, त्यसको विपरीत लुटेर चोरेर आफूलाई आर्थिक रूपमा सम्पन्न देखाउन सक्ने मानिसहरूले सम्मान पाउने संस्कृतिलाई राज्यले बढाइरहेको हुँदा यसले नेपालको पर्यटनमा पनि असर गरेको उनलाई लाग्दछ ।

सार्वजनिक थलोहरूमा आतिथ्य नै नेपाली पर्यटनको आधारभूत तत्त्व रहेको बताइरहेका नेपाल टुरिजम बोर्डका उपाध्यक्ष चन्द्र रिजाल नेपालीले मौलिकता बिर्सन नहुने बताउँछन् ।

‘अहिलेको नेपाली समाज जुन ढङ्गले अगाडी बढेको छ, त्यसले हाम्रो मौलिक आतिथ्य अथवा पर्यटनलाई अगाडी बढाउँदैन । अन्तर्राष्ट्रिय पुँजीवादी समाजमा भएको क्रियाकलापलाई अनुसरण गर्दै अघि बढिरहने हो भने यसले निकै ठुला घाटा दिलाउँछ”, रिजाल भन्छन् । 

रिजाल नेपाली पर्यटन व्यवसायीले श्रम नगरेरै कसरी आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने सोच त्याग्नुपर्ने बताउँछन् । ‘हाम्रो मौलिकता, संस्कृति, धर्म हराएपछि हाम्रोमा पर्यटक किन आउँछ ?’ उनी प्रश्न गर्छन् ।

रैथाने बाली संरक्षण अभियन्ता तिलक दाहाल मौलिकता जोगाउनका निम्ति राज्यले स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा प्रयोग व्यापक गरिनुपर्ने बताउँछन् । दाहालका अनुसार हाम्रै हस्तकलाका सामान, भूगोल अनुसार उपलब्ध खाद्य परिकारबाटै पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ । यसको लागि राज्य तथा स्थानीय तहले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी विधिवत् ढङ्गमा अगाडी बढ्नुपर्छ । “आयातित वस्तुभन्दा स्वदेशमै उपलब्ध स्रोतसाधनबाट उत्पादित सामग्रीलाई प्रोत्साहन गर्नुपर्छ । विदेशी खानाभन्दा भौगोलिक अवस्था अनुसार पाइने मौलिक नेपाली परिकारलाई प्राथमिकता दिनुपर्छ”, उनी भन्छन् । 

हिजोको दिनमा हाम्रा बाउबाजेले पाहुनालाई प्रदान गर्ने गरेको आतिथ्य हराउँदै गएको आजको अवस्थामा कोही पनि नेपालको आतिथ्यसँग लोभिएर नआउने उनी बताउँछन् । हामीले आफ्नो मौलिक भेषभूषा, संस्कृति, खाद्य परिकार तथा भाषा सम्पूर्ण रूपमा परिवर्तन गरिरहेको महसुस गरेका उनी चिन्ता व्यक्त गर्दै भन्छन्, “आवश्यक भएको खण्डमा अलिअलि परिमार्जन पो गर्ने हो, पुरै परिवर्तन गर्ने होइन नि ।” मौलिकता जोगाउने कुरामा सरकारी तह तथा स्थानीय तहबाट प्रयास गरिनुपर्ने दाहालले सुझाए ।

सी नेपाल ट्राभल एण्ड एडभेन्चरका निर्देशक बद्री खनाल नेपालको आफ्नो मौलिक आतिथ्य र संस्कारलाई व्यवहारमा उतारी यसलाई बाह्य देशमा फैलाएर पर्यटक भित्र्याउने लक्ष्यसहितका सरकारी कार्यक्रमहरू सार्वजनिक हुनुपर्ने बताउँछन् । “पहिला पर्यटक हिमाल चढ्न एवम् ट्रेकिङ गर्न नेपाल आउने गर्थे, तर हिले अन्य देशले पनि हिमाल आरोहण खुलाएका छन् । उनीहरूसँग नेपालको जस्तो लेकाली आतिथ्य छैन, उनीहरू त्यो सिक्दैछन् । हामीसँग त वंशाणुगत स्वभावकै रूपमा पाहुनाको स्वागत-सत्कार रहेको छ, त्यसलाई ब्युँताउन मात्रै आवश्यक छ”, खनाल बताउँछन् । उनी आर्थिक उपार्जन गर्ने लक्ष्य नराखी स्वागत-सत्कार गर्ने हो भने विदेशी पर्यटक पुनः नेपाल आउनेमा ढुक्क छन् ।

Photo: Rup Narayan Dhakal

Tourists enjoying nepali cousine after receiving Bhaitika on the occasion of Tihar Festival in Pokhara. Photo: Rup Narayan Dhakal

नेपालीहरूले गौरव गर्न मिल्ने नेपालीपन सहितको आतिथ्य खोज्दै बारम्बार नेपाल भ्रमणमा आउने पर्यटकलाई टाढा बनाउनु न्यायोचित छैन । यस्ता किसिमका व्यवहार र गुमाउँदै गएको आतिथ्ययताले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटनलाई पुर्‍याउने असरबारे सोच्न आवश्यक रहेको छ । नेपाल भ्रमणमा आएका पर्यटकलाई सद्भावपूर्ण व्यवहार गर्ने, विशेष आतिथ्ययताको महसुस गराउने जिम्मा पर्यटन व्यवसायीको मात्र होइन भन्ने सन्देश जनमानस समक्ष पुर्‍याउन आवश्यक देखिन्छ । सम्बन्धित निकायहरूसँग समन्वय गरी यसबारे विभिन्न जनचेतनामूलक कार्यक्रम समेत गर्न सकिन्छ, जसले हराउँदै गएको नेपाली आतिथ्ययतालाई पुनरुत्थान गर्नेछ ।

सम्बन्धित समाचार