hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meybet meybet giriş meybet güncel giriş meybet mobil casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş idata betasus betasus giriş betasus güncel giriş betasus güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil

शनिबार , फागुण २३, २०८२

हाेमस्टेकाे सञ्चालन कसरी गर्ने ? यसका मापदण्डहरू के-के हुन् ? 

ग्रामीण क्षेत्रका मानिसहरूमा हाेमस्टे सञ्चालनमा चासाे बढेकाे छ । तर, हाेमस्टेकाे सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने भन्ने अन्याेलता देखिन्छ । हाेमस्टे सञ्चालन कार्यविधि २०६७ मा हाेमस्टेकाे दर्ता, सञ्चालन, व्यवस्थापन तथा मापदण्डहरूबारे स्पष्ट उल्लेख  छ । 

image

नेपालमा पछिल्लो दशकयता ग्रामीण पर्यटन फस्टाउँदै गएको छ । ग्रामीण पर्यटन भन्ने बित्तिकै होमस्टे (घरबास) पर्यटनको कुरा जोडिएर आउँछ । खासगरी होमस्टेकै कारण ग्रामीण पर्यटन फस्टाएका हुन् भन्दा अत्युक्ति नहोला । होमस्टे सञ्चालन कार्यविधि २०६७ ले “होमस्टे” भन्नाले “पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफ्नै घर समुदायमा निजी वा सामूहिक रूपमा सञ्चालन गरिएको सेवा सम्झनु पर्छ”, भनेर परिभाषित गरेको छ ।

स्याङ्जाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे पर्यटन अहिले देशभर फैलिएको छ । स्याङ्जाको सिरुबारीबाट नेपालमा होमस्टे पर्यटनको आरम्भ भएको मानिन्छ । सिरुबारीपछि भने होमस्टे पर्यटन लमजुङको घले गाउँ, घनपोखरा, भुजुङ, पसगाउँ, सिउरुङ आदि गाउँहरू र रसुवाको बृद्धिम तथा इलामको श्रीअन्तुतिर विस्तार भएको हो । त्यसपछि क्रमशः तराई र पहाड अनि हिमाली जिल्लाहरूमा पनि होमस्टे खोल्ने क्रम सुरु भयो । अहिले देशका थुप्रै स्थानहरूमा होमस्टे सञ्चालनमा आइसकेका छन् र आउने क्रम जारी छ ।

“ग्रामीण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रूपमा अघि बढाइने, मुलुकको विकास प्रक्रियामा समेट्न नसकिएका महिला, मधेसी, आदिवासी जनजाति लगायतका विपन्न समूह समेतमा पर्यटन व्यवसायबाट प्राप्त लाभको बाँडफाँड गर्न समावेशी र सहकारीको माध्यमबाट उपयुक्त संरचनाको निर्माण र विकास गरिने” पर्यटन नीति २०६५ मा उल्लेख छ । उक्त नीतिलाई कार्यान्वयन गर्न सरकारले होमस्टे सञ्चालन कार्यविधि २०६७ जारी गरेको थियाे ।

उक्त कार्यविधिकाे प्रस्तावनामा “ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने प्रकृतिका ग्रामीण पर्यटन पूर्वाधारको दिगो विकास गर्ने ग्रामीण पर्यटनको माध्यमबाट विपन्न, महिला, मधेसी, आदिवासी जनजाति र हालसम्म समेट्न नसकिएका समूहको समेत संलग्नता रहने गरी पर्यटन व्यवसायबाट प्राप्त हुने लाभलाई समुदायको पहुँचभित्र ल्याउने संरचनाको निर्माण र विकास गर्ने” उल्लेख छ ।

सरकारकाे स्वामित्वमा रहेको तारा गाउँ विकास समिति, निजी क्षेत्रका व्यवसायीहरूद्वारा स्थापना गरिएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटाेफ) नेपाल लगायत सङ्घसंस्थाहरूले ग्रामीण पर्यटनको विकासमा भूमिका खेल्दै आएका छन् । अहिले देशका ५० भन्दा बढी जिल्लाहरूमा हाेमस्टे सञ्चालनमा आइसकेको छ ।

गाउँ नै गाउँले भरिएको, सयौँ जातजाति, भाषाभाषी, संस्कृति, दर्जनौँ धर्मावलम्बी भएको, भौगोलिक एवम् जैविक विविधताले भरिएको देश नेपालमा ग्रामीण पर्यटनको अथाह सम्भावना छ । होमस्टे पर्यटनप्रति धेरै गाउँठाउँका बासिन्दाहरू आकर्षित हुन थालेका छन् । होमस्टेले न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई आकर्षित गरेको छ ।

तुलनात्मक रूपमा कम रुपैयाँमा स्थानीय समुदायको न्यानो आतिथ्यता ग्रहण गर्दै स्थानीय अर्ग्यानिक खानपानको मजा लिँदै उनीहरूको संस्कृति, रहनसहन, जीवनशैलीको अवलोकन गर्दै घुमघाम गर्ने अवसर होमस्टेले दिएको छ ।

ग्रामीण क्षेत्रका मानिसहरूमा हाेमस्टे सञ्चालनप्रति चासाे बढेकाे छ । तर, हाेमस्टेकाे सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने भन्ने अन्याेलता देखिन्छ । हाेमस्टे सञ्चालन कार्यविधि २०६७ मा हाेमस्टेकाे दर्ता, सञ्चालन, व्यवस्थापन तथा मापदण्डहरूबारे स्पष्ट उल्लेख  छ ।

हाेमस्टेकाे सञ्चालनकाे प्रक्रिया के हाे ? 

हाेमस्टे सञ्चालन गर्न सर्वप्रथम दर्ता गर्नुपर्छ । दर्ता नगरी हाेमस्टे सञ्चालन गर्न पाइँदैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे पर्यटक उद्याेग महाशाखा तथा मातहतकाे कार्यालयमा हाेमस्टेकाे दर्ता गर्नुपर्दछ । तर, अहिले मुलुक संघीयतामा गइसकेकाे हुनाले प्रदेश सरकार पर्यटन मन्त्रालयकाे पर्यटन उद्याेग महाशाखामा तथा मातहतका कार्यालयहरूमा पनि दर्ता गर्न सकिन्छ ।

दर्ताका लागि निवेदनकाे साथै सम्बन्धित स्थानीय तहकाे सिफारिस पनि जरुरी पर्दछ । सामुदायिक हाेमस्टेकाे लागि कम्तिमा पाँच घरधुरीकाे लिखित प्रतिवद्धतासहितकाे सहमति पत्र, स्थानीय तहकाे सिफारिस आवश्यक पर्दछ ।

निवेदनसँगै जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपी, नगरपालिका क्षेत्रको हकमा नक्सा पास भएको प्रमाण र होमस्टे सञ्चालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी पनि संलग्न गराउनुपर्दछ ।

निवेदन प्राप्त भएपछि महाशाखा तथा कार्यालयले निवेदन अध्ययन, स्थलगत अनुगमन तथा निरीक्षण गर्दछ । निवेदनकाे अध्ययन, अनुसन्धान तथा निरीक्षण पश्चात् हाेमस्टे सञ्चालनकाे लागि मापदण्ड पुगेको पाइएमा दर्ताको प्रमाणपत्र जारी गर्दछ । तर, मापदण्ड पुरा नभएको भए पुरा गराउन सल्लाह सुझाव दिने गर्दछ ।

हाेमस्टे दर्ता भएपछि गर्नुपर्ने पर्यटकीय गतिविधिहरू के-के हुन् ? 

होमस्टेले स्थानीय क्षेत्रमा सञ्चालन हुने सांस्कृतिक कार्यक्रम र क्रियाकलाप, परम्परागत खेलमा सहभागी गराउने, उपलब्ध हुने क्षेत्रमा जङ्गल ट्रेक, इको ट्रेक तथा दृश्यावलोकनको कार्यक्रमको व्यवस्था गर्नु पर्दछ ।

साथै स्थानीय सांस्कृतिक नाचगान तथा फूलमालाका साथ पर्यटकको स्वागत गर्ने, पर्यटकहरूलाई सामुदायिक भवन वा खुला ठाउँमा मौलिक परम्परा वा सांस्कृतिक आधारित सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति मेला, जात्रा जस्ता गतिविधिहरू आयोजना गरी सहभागी गराउने,  सांस्कृतिक सम्पदा, सङ्ग्रहालय, घरेलु तथा हस्तकला सामाग्री उत्पादन केन्द्र स्थल, दृश्यावलोकन, जङ्गल, वन्यजन्तु तथा चरा अवलोकन गर्ने व्यवस्था गर्ने, स्थानीय कृषि, घरेलु तथा हस्तकला प्रविधि मा सहभागी गराई पर्यटक तथा स्थानीय जनताबिच जीवनशैली, कला संस्कृति आदि विषयमा अनुभव तथा ज्ञानको आदान प्रदान गराउने आदि कार्यहरू गर्नुपर्दछ । र, पर्यटकको बिदाइ गर्दा स्थानीय संस्कृति झल्कने मायाको चिनो सहित फूलमाला पहिराएर सम्मानित गर्नुपर्दछ ।

सामुदायिक हाेमस्टेकाे व्यवस्थापन र सञ्चालन कसरी गर्ने ? 

सामुदायिक होमस्टे सञ्चालन गर्न चाहने सञ्चालकहरूले साधारण भेला गरी होमस्टे सञ्चालन तथा व्यवस्थापन समिति गठन गर्नुपर्दछ ।  समुदायका सदस्यहरूमध्येबाट एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, एक जना कोषाध्यक्ष, एक जना महिला सदस्य, एक जना सदस्यसचिव गरी पाँच जना सम्मिलित व्यवस्थापन समिति गठन गर्नुपर्दछ । होमस्टेमा सहभागी हुने घर सङ्ख्याको आधारमा समावेशी हुने गरी समुदायले थप ६ जनासम्म सदस्यको चयन गर्न सक्छन् ।

होमस्टे व्यवस्थापन समितिले पर्यटकीय क्रियाकलापहरू र पर्यटकहरूले पालना गर्नुपर्ने आचारसंहिताको बारेमा जानकारी गराउने, आगन्तुक/पर्यटकहरूको स्वागत तथा पाहुनाको आवास व्यवस्था मिलाउने, पर्यटकको दर्ता व्यवस्था गर्ने, आयव्ययको स्रेस्ता व्यवस्थित र दुरुस्त राख्ने, प्रत्येक होमस्टेको नियमित अनुगमन गर्ने, स्थानीय भ्रमण प्याकेजहरूको निर्माण र प्रचार प्रसार गर्ने, स्थानीय वातावरण, परम्परा, शैली तथा संस्कृतिको संरक्षण गर्ने, सांस्कृतिक कार्यक्रमहरूको प्रदर्शन/व्यवस्थापन गर्ने कार्य गर्नुपर्दछ ।

त्यसैगरी पर्यटकहरूको स्वास्थ्योपचार र अन्य आकस्मिक सेवाहरूको व्यवस्थापन र समन्वय गर्ने, होमस्टेको साइनेज तथा लोकेसन म्याप तयार गर्ने, पर्यटक आवास गृहमा उपलब्ध हुने सुविधा तथा मेनु/मूल्य निर्धारणमा एकरूपता कायम गर्ने, प्रत्येक आर्थिक वर्ष समाप्त भएको पैँतीस दिन भित्र पर्यटक सङ्ख्या, प्रमुख क्रियाकलाप आय तथा व्यय देखिने वार्षिक प्रतिवेदन महाशाखा वा कार्यलयमा पठाउने, होमस्टेको विकास, प्रवर्द्धन तथा व्यवस्थापनका लागि अन्य आवश्यक कार्यहरू गर्ने, जिल्लास्थित होमस्टे समन्वय समिति र केन्द्रमा रहेको पर्यटन मन्त्रालयसँग नियमित सम्पर्क र सञ्चार गर्ने,  होमस्टे विकास प्रवर्द्धन तथा व्यवस्थापनका लागि अन्य आवश्यक कार्यहरू पनि गर्नुपर्दछ ।

हाेमस्टे सञ्चालन कार्यविधि २०६७ ले हाेमस्टे सञ्चालनका आधारभूत मापदण्डहरू उल्लेख गरेको छ ।

१. होमस्टेका लागि घर, कोठा र शैयाः 

(क) प्रत्येक सामुदायिक होमस्टेका लागि भिन्न भिन्न स्वामित्व भएका कम्तीमा ५ वटा घर (होमस्टेयूनिट) हुनु पर्नेछ । एकआपसमा सहज पहुँचका लागि बाटोको प्रबन्ध भएको, घरहरू मौलिक संस्कृति झल्कने र हावा हुरी, जङ्गली जनावर आदीबाट सुरक्षित हुनु पर्ने, खुला, हिलो तथा धुलोरहित सफासुग्घर हुनुपर्नेछ ।

(ख) होमस्टेमा पाहुनाका लागि कम्तीमा एउटा अलग्गै कोठा हुनुपर्नेछ ।

(ग) होमस्टे सञ्चालन गर्ने एक घरमा बढीमा ४ कोठा पर्यटकका लागि छुट्टाउन सकिनेछ ।

(घ) एउटा कोठामा बढीमा २ वटा मात्र ओछ्यान रहनुपर्ने छ । ओछ्यान कम्तीमा ६.५ फिट लम्बाई र ३ फिट चौडाइको हुनुपर्नेछ ।

(ङ) भुईँमा कार्पेट वा राडी वा सफा गुन्द्री ओछ्याएको हुनुपर्नेछ ।

(च) ढोकामा खुट्टा पुछ्ने बोरा वा डोरम्याट भएको हुनुपर्नेछ ।

(छ) नरम खालको सेतो तन्ना भएको र सेतै खोल भएका ओढ्नेको व्यवस्था हुनुपर्नेछ ।

(ज) भित्तामा वा ढोकाको पछाडिपट्टि लुगा झुन्ड्याउने व्यवस्था भएको हुनुपर्नेछ ।

(झ) कोठामा बिजुली बत्ती वा लालटिन वा मैन वा टुकी पानस बाल्ने व्यवस्था हुनुपर्नेछ ।

(ञ) सुत्ने कोठामा धुवाँ आउन नहुने ।

(ट) सुत्ने कोठामा राम्रा राम्रा दृश्य र स्थानीय संस्कृति झल्कने तस्बिरहरू भएमा राम्रो हुने ।

(ठ) फोहोर फाल्ने एउटा टोकरी (डस्टवीन) को व्यवस्था हुनुपर्नेछ ।

(ड) सम्भव भएसम्म प्रत्येक पाहुनाका लागि १ जोर चप्पल (स्लीपर) को व्यवस्था हुनुपर्नेछ ।

(ढ) सम्भव भएसम्म भित्तामा एउटा अर्धकद (आधा शरीर) देखिने ठुलो ऐना झुन्डाएको हुनुपर्नेछ ।

(ण) सम्भव भएसम्म सुत्ने कोठामा चिया टेबल राख्नु राम्रो हुने ।

(त) सम्भव भएसम्म सुत्ने कोठामा २ वटा कुर्सी राख्नु राम्रो हुने ।

२. शौचालय र स्नानघरः

(क) सुविधायुक्त र सफा शौचालय हुनु पर्ने ।

(ख) होमस्टे सञ्चालन गर्ने घर वा समुदायमा नुहाउने प्रबन्ध (छुट्टै बाथरुम वा कम्तीमा छेकिएर नुहाउन सकिने सुविधायुक्त ठाउँ) ।

(ग) स्नानघरमा पानीको बाल्टी, मग, साबुन, रुमाल आदि आधारभूत वस्तुहरू हुनु पर्ने ।

३. भान्छा कोठा र खाना खाने व्यवस्था:

(क) पाहुना राख्ने घर/कोठा नजिक गाई भैँसी अथवा भेडा, बाख्रा, सुँगुर, कुखुरा आदि बाँध्न वा पाल्न नहुने ।

(ख) धेरै धुवाँ नहुने भान्सा (उन्नत वा सुधारिएको चुलो भएको) ।

(ग) पानीको सुविधा मिलाउनुपर्ने र खानेपानी फिल्टर गरेर वा उमालेर मात्र दिने ।

(घ) स्थानीय खानाका परिकारहरूलाई स्वास्थ्यकर ढङ्गले पकाउने र खुवाउने प्रबन्ध हुनुपर्ने ।

(ङ) नेपालीहरूलाई राम्रोसँग पलेटी कसेर बसेर खान मिल्ने ठाउँ हुनुपर्ने ।

(च) विदेशीलाई सानो डाइनिङ टेबलको पनि प्रबन्ध भए राम्रो हुने ।

(छ) खानपिन विवरण तथा मूल्य निर्धारण गरिएको हुनुपर्ने (मेनु भएको) ।

४.स्वास्थ्य, सरसफाइ तथा सुरक्षा:

(क) मुसा, लामखुट्टे, उडुस, उपियाँ आदिबाट सुरक्षित हुनु पर्ने, दुर्गन्ध वा गाई भैँसीको गोठबाट टाढा हुनुपर्ने, सामुदायिक रूपमा प्राथमिक उपचारको व्यवस्था हुनुपर्ने, खुला नाली र ढल हुन नहुने ।

(ख) वातावरण मैत्री पर्यटन क्रियाकलाप, पर्यटकीय सम्पदाहरूको संरक्षण, सार्वजनिक शौचालयको व्यवस्था, वृक्षारोपण ।

तर, पछिल्लो समय हाेमस्टे पर्यटन फस्टाउँदै गए पनि यसको सञ्चालनकाे मापदण्डहरू भने पालना नभएको पाइन थालेको छ । पर्यटकहरूलाई गर्नुपर्ने स्वागत सत्कारमा कमी, स्थानीय खानपानको सट्टा बजारिया खानपान, पर्यटकहरूका लागि गर्नुपर्ने पर्यटकीय गतिविधिहरूमा कमी तथा छुट्टै शुल्क लगायतका समस्याहरू देखिन थालेका छन् । यस्ता समस्याहरूले हाेमस्टेकाे मौलिक अवधारणामा प्रश्न उठ्न थालेको छ । यसतर्फ भने सम्बन्धित निकायको अविलम्ब ध्यान जान जरुरी छ ।

सम्बन्धित समाचार