मंगलबार , भाद्र ९, २०८३

सर्पले टोकेमा के गर्ने ?

image

काठमाडौं । गर्मीयाममा सर्पदंशका घटना निकै बढ्छन् । खास गरी तराईमा सर्पदंशको समस्या बढी भए पनि पहाडका जिल्लाहरू पनि जोखिममा रहने विज्ञहरू बताउँछन् । सर्पदशंको सही उपचार नहुँदा थप जटिलता हुने गरेको छ । सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरूलाई क्षति पुर्‍याउँछन् । यसका साथै आन्तरिक रक्तस्राव पनि गराउँछन् ।
सर्पले टोके पछि के गर्ने ?
  • तत्काल इमर्जेन्सीमा एन्टी स्नेक भेनम उपलब्ध भएको अस्पतालमा गइहाल्नुपर्छ। टोकेको त्यति विषालु नभए पनि टिटानस र केही गम्भीर ब्याक्टेरियल सङ्क्रमणको खतरा हुनसक्छ ।
  • सर्प कस्तो थियो भन्ने पनि याद गर्ने र कुन स्थानमा टोकेको थियो भनेर पनि याद गर्नुपर्छ ।
  • कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नु पर्छ ।
  • सर्पले टोकेको अङ्गलाई बढी चलाइरहनु हुँदैन । खुट्टामा विषालु सर्पले डसेको भए बिरामीलाई हिँडाएर अस्पताल लग्नु हुँदैन । शरीरको जुन भागमा सर्पले टोकेको छ, त्यो भागलाई नचलाई, स्थिर गरी बिरामीलाई अस्पतालसम्म पुर्‍याउनुपर्छ ।
  • बिरामीको डर घटाउने उपाय गर्नुपर्छ ।
  • सर्पले टोकेको स्थानमा ससाना दाँतको चिनो देखिए भने सर्प विषहीन हो । तर यदि सुन्निनुका साथै दुइटा ठुलो दाँतको चिनो देखियो भने त्यो विषालु सर्पले टोकेको सङ्केत हो । चिनोभन्दा पनि यदि लक्षण मिलिरहेको छ भने त्यही अनुसार उपचार प्रक्रिया अघि बढाउनु आवश्यक हुन्छ ।
  • सर्पदंश भएको ठाउँमा आगोले डाम्नु, चुस्ने वा काट्नेजस्ता काम नगर्ने ।

Tags:

सम्बन्धित समाचार