ढाड दुख्ने समस्या विश्वकै एक ठुलो समस्या हो । सबै उमेर समूहका व्यक्तिहरूलाई ढाड दुख्ने समस्या हुन्छ । धेरै सुत्दा, टिभी हेर्दा, मोबाइल र ल्यापटप चलाउँदा ढाड र कम्मर दुख्ने समस्या देखा पर्छ ।
कारण
– गह्रौँ सामान उचाल्दा, शरीर तन्काउँदा ढाडका तन्तुहरू खुम्चिएर ढाड दुखाइको समस्या देखा पर्छ ।
– कुरकुरे हड्डी फुट्दा पनि ढाड दुख्छ ।
– ढाडको हड्डी बाङ्गिएर पनि ढाडमा दुखाई सुरु हुन्छ ।
– लामो समय उभिएर काम गर्नेहरूमा पनि यो समस्या देखिन सक्छ ।
– महिलामा पाठेघर, क्यान्सर समस्याले पनि ढाड दुख्छ ।
– मोटोपन भएका व्यक्तिमा पनि ढाड दुख्ने समस्या हुने गर्छ ।
– महिनावारीपछि पनि हर्मोनको कमीले पनि यो समस्या हुन्छ ।
समाधान
– दैनिक जीवनयापनलाई परिवर्तन गर्ने , योगा गर्ने, व्यायाम गर्ने
– सन्तुलित भोजन गर्ने
– शरीरको तौललाई नियन्त्रणमा राख्ने
– ढाडमा पर्ने भारलाई कम गर्ने
– एक्कासि भारी सामान नउठाउने
– धेरै अग्लो ओछ्यान र फममा नसुत्ने
– तनाब नलिने
– धूम्रपान र मद्यपान नगर्ने
– लामो समय खुट्टा झुन्ड्याएर नबस्ने
– सिधा उभिँदा ढाड सिधा राख्ने
– एउटै पोजिसनमा एक घण्टाभन्दा बढी नबस्ने
– टाउको निहुराएर नबस्ने
– धेरै गाह्रो भएमा चिकित्सकलाई देखाउने ।