acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the media-upload handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170
मृत कोशिकाहरू हटाएर अनुहारलाई चम्किलो र तरोताजा राख्न फेसियल गरिन्छ । धूलो, धूवाँका कारण छाला रुखो, सुख्खा भएर अनुहारको प्राकृतिक चमक हराएर जान्छ । साथै अनुहारमा दाग–धब्बा, ब्ल्याक हेड, चाउरीपन, डार्क सर्कल देखिन्छ । फेसियलले छालाको गहिराइबाट सफा गर्ने र छालालाई निखार्ने काम गर्छ ।
फेसियल घरमा आफैले गर्न सम्भव हुँदैन । फेसियल गर्ने विधि र तरिका तालिमप्राप्त व्यक्तिलाई मात्र थाहा हुन्छ । त्यस्तै, आफ्नो छालाअनुसार कस्तो प्रकारको फेसियल गर्ने भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । यो अनुहारको मसाज गर्ने एक विधि हो, जुन शारीरिक एवं मानसिक रूपमा आराम गर्नेसँग सम्बन्धित छ । त्यसैले घरमा फेसियल गराउनुको सट्टा राम्रो सैलुनमा गराउँदाको फाइदा दोब्बर हुन्छ ।
फेसियलको प्रकार
फेसियल विभिन्न प्रकारका हुन्छन् । फेसियल छालाको समस्या कस्तो छ त्यहीअनुरूप गरिन्छ । सबै जनालाई एउटै प्रकारको फेसियल उपयुक्त नहुन सक्छ । पछिल्लो समय धेरैजसोमा चायाँ पोतोको समस्या छ । छालाको प्रकार तथा उमेरअनुसार फेसियलको छनोट गर्नुपर्छ । चिल्लो छाला भएकाहरूमा डन्डिफोर, एक्नेजस्ता समस्या देखिन्छन् । यस्ता छाला भएकाहरूलाई त्यही किसिमको सौन्दर्य सामग्रीको प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तै, छाला रुखो र सुख्खा भएकाहरूलाई छालाको मोस्चर बढाउने किसिमका फेसियल गराउनुपर्छ । सामान्य छाला भएकाहरूले फ्रुट फेसियल गराउन सकिन्छ । यो प्राकृतिक भएकाले छालालाई असर गर्दैन । ताजा फलफूलमा इन्जाइम, एन्टिअक्सिडेन्ट र भिटामिन ‘सी’ ले छालामा भएका दाग–धब्बा हटाएर अनुहारलाई चम्किलो बनाउँछ । कम्बिनेसन छाला भएकाहरूलाई सोहीअनुसारको फेसियल किटको प्रयोग गर्न सकिन्छ ।
‘गोल्ड फेसियल’ छालालाई चम्किलो बनाउन उपयोगी मानिन्छ । यसले तत्कालै रिजल्ट दिन्छ । यो फेसियलले छालालाई कोमल एवं मुलायम बनाइराख्छ । बढ्दो उमेरलाई रोक्न रोक्न ‘एन्टी एजिङ फेसियल’ को प्रयोग गर्नुपर्छ । यसले छालालाई कसिलो बनाउने काम गर्छ र बूढोपनलाई रोक्छ ।
फेसियल किन गर्ने ?
फेसियल हरेक २१ दिनमा गर्नुपर्छ । २० वर्ष कटेपछि जोकोहीलाई फेसियल आवश्यक हुन्छ । यो एक योग नै हो । छालालाई बिग्रनबाट बचाउन नियमित फेसियल गराउनुपर्छ । छाला बिग्रिसकेपछि उपचार गराउन गाह्रो हुन्छ । त्यसैले समस्या भइसकेपछि उपचार गराउनुको सट्टा अगाडि नै छालाको हेरचाह गर्नुपर्छ ।
नियमित फेसियल गर्दा जवान देखाउँछ । यसले अनुहारको छालामा रक्त प्रवाह बढाउँछ जसकारण अनुहारको चाउरीपन कम गर्छ । फेसियलले छालालाई नरम बनाइराख्छ । त्यस्तै, यसले अनुहार गोरो देखाउँछ । अनुहारको छालामा भएको ह्वाइट र ब्ल्याक हेड्स हटाउँछ । फेसियलले छालालाई गहिराइबाट सफा गर्ने भएकाले छालालाई हाइड्रेट राख्नुका साथै छालालाई पोषण प्रदान गरेर स्वस्थ राख्छ ।
फेसियल सौन्दर्यसँग मात्र नभएर स्वास्थ्यसँग पनि जोडिएको हुन्छ । यसको प्रक्रिया गरिरहँदा तन, मन एकाग्र भएर रिल्याक्स भइरहेको हुन्छ । जसकारण चिन्ता र नकारात्मक विचार मनबाट हटेर जान्छ । यसले हाम्रो मानसिक स्वास्थ्यलाई पनि फाइदा पुर्याइरहेको हुन्छ ।
फेसियलको बेफाइदा
प्रायःजसो फेसियल रसायनयुक्त उत्पादनबाट गरिन्छ जसले गर्दा कहिलेकाहीँ छालामा केही समस्या देखिन सक्छ । छालाको प्रकारअनुरूप क्रिम प्रयोग नभएमा छालामा एलर्जी आउन सक्छ । धेरै पटक वा चाँडो फेसियल गराउँदा छाला रातो हुन्छ, पछि यसले समस्या निम्त्याउन सक्छ । कतिपयलाई फेसियल गरिसकेपछि एक्नेको समस्या आउन सक्छ । फेसियल गर्दा अनुहारका रोमछिद्र खुल्ने भएकाले सिबम उत्पादन बढी हुन्छ र छाला तैलीय हुने भएकाले एक्ने आउन सक्छ । घरमै फेसियल गराउँदा छालाको ‘पिएच ब्यालेन्स’ बिग्रन सक्छ । जसले छाला सुख्खा हुन सक्छ ।
फेसियल गर्दा ध्यान पुर्याउनुपर्ने कुरा
फेसियल गराउँदा केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । अझ पहिलो पटक फेसियल गराउँदै हुनुहुन्छ भने यी कुरामा सतर्क हुनुपर्छ ।
– कुनै पनि क्रिमले फेसियल गराउनु पूर्व उक्त क्रिम तपाईँको छालामा नकारात्मक प्रभाव पार्छ/पार्दैन भनेर टेस्ट गराउनुपर्छ । अनुहारको छाला संवेदनशील हुने भएकाले जुनसुकै क्रिमको प्रयोग गर्नुहुँदैन ।
– फेसियल गराउन तालिमप्राप्त व्यक्ति वा विश्वासिलो सैलुनमा जानुपर्छ । यसो गरेमा छालामा कस्तो प्रकारको फेसियल आवश्यक छ सोहीअनुसारको सुझाव पाउन सकिन्छ ।
– छालामा कुनै प्रकारको एलर्जी भए पहिले नै सौन्दर्यविद्लाई अवगत गराउनुपर्छ । अनुहारको छालामा कुनै औषधिको प्रयोग गरिरहेको भए त्यसको पनि जानकारी गराउनुपर्छ ।
– गर्भावस्थामा फेसियल गराउनुहुँदैन । गर्भवती भए यसको जानकारी पनि गराउनुहोस् ।
– फेसियल गराउनासाथ तुरुन्त घामको प्रत्यक्ष सम्पर्कबाट बच्नुहोस् । कम्तीमा पनि एक सातासम्म बिना सनस्क्रिन क्रिम, ह्याट वा छाताको प्रयोगबिना बाहिर निस्कनुहुँदैन ।
– अनुहारको छालामा सकेसम्म साबुनको प्रयोग गर्नुहुँदैन । फेसियल गरेको केही दिनसम्म साबुनको प्रयोग नगर्नु राम्रो हुन्छ । साबुनमा भएको रसायनले अनुहारको छालालाई असर पार्न सक्छ ।
– सनस्क्रिनको प्रयोग गर्न बिर्सनु हुँदैन । बाहिर निस्कँदा ‘५० एसपीएफ’ र घरभित्र ‘३० एसपीएफ’ को सनस्क्रिन लगाउनुपर्छ । कतिपयले घरमै बस्ने हो भनेर सनस्क्रिन लगाउँदैनन् । घरमा बस्दा पनि सनस्क्रिन लगाउनुपर्छ । मोबाइलको उज्यालो विकिरणले पनि हाम्रो छालालाई हानि पुर्याउँछ ।
– फेसियल गराइसकेपछि एक सातासम्म छालामा स्क्रबको प्रयोग गर्नुहुँदैन ।
– फेसियल गरेपछि तुरुन्त वाक्स, थ्रेडिङ वा लेजर उपचार गराउनु हुँदैन । कम्तीमा पनि एक साता पर्खनुपर्छ ।
– फेसियल गरेपछि जिम वा कुनै प्रकारको कसरत गर्नुहुँदैन । अत्यधिक शरीरको तापक्रम र पसिनाले फेसियल गरेको छालामा जलन हुनसक्छ ।
(नारी पत्रिकाबाट)