बुधबार , जेठ १३, २०८३

कुन अङ्गहरूमा लगाएको परफ्युमको सुगन्ध टिक्छ ?

image

काठमाडौँ – शरीर तथा कपडाबाट आउने दुर्गन्ध कम गर्नको लागि परफ्युम अर्थात् अत्तरको प्रयोग गर्ने गरिन्छ । प्रायः परफ्युमको प्रयोग नाडी, कान, गला जस्ता शरीरका अंगमा गरिन्छ । परफ्युमको सही उपयोग हुन नसकेको अवस्थामा सुगन्ध लामो समय टिक्दैन । शरीरका यी भागहरूमा परफ्युम लगाउँदा यसले अझ लामो समयसम्म सुगन्ध दिने गर्छ ।

कानको पछाडि

कानको पछाडिको भाग धेरै ओयली हुन्छ । ओयल भएकै कारण त्यहाँ परफ्युम छर्कँदा त्यसको प्रभाव लामो समयसम्म रहन्छ ।

नाइटो

नाइटोको भाग शरीरका अङ्गहरू मध्ये तातो भइरहने भागमा पर्छ । त्यसैले नाइटोको भागमा परफ्युम लगायो भने यसको सुगन्ध लामो समयसम्म रहिरहन्छ ।

कुहिनामा

हातमा परफ्युम प्रयोग गर्नु उपयुक्त हुन्छ तर कुहिनामा परफ्युम लगाउनु अझ उत्तम हुन्छ । प्राय: कुहिना सीधा राखिँदैन । त्यसैले पनि कुहिनाको परफ्युम लामो समयसम्म टिक्छ ।

 घुँडा पछाडि

यो शरीरको सबैभन्दा बढी हिट सिर्जना गर्ने भाग हो । यहाँ परफ्युम लामो समयसम्म टिक्छ ।

काँधमा

हुन त  परफ्युम केशमा लामो समयसम्म कायम रहन्छ तर सीधै केशमा परफ्युम छर्कँदा यसमा भएको अल्कोहलले केश ड्राइ हुन्छ । त्यसैले काँधमा परफ्युम स्प्रे गर्नुपर्छ ।

 

Tags:

सम्बन्धित समाचार